प्रचण्डको गुनासो : काग्रेससँगको सहमतिबारे ओलीले ढाँटे, देउवाले हस्ताक्षर गरिसक्यौँ, सरी भने « Khabarhub

प्रचण्डको गुनासो : काग्रेससँगको सहमतिबारे ओलीले ढाँटे, देउवाले हस्ताक्षर गरिसक्यौँ, सरी भने


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार १७ गते मध्यराति दुई ठूला दलहरुबीच भएको सहमतिबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ढाँटेको खुलासा गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विश्वासको मत माग्नुअघि आफ्नो धारणा राख्दै उनले नेपाली कांग्रेससँग सहमति गरिसकेपछि पनि ओलीले आफूलाई सहमति नभएको भन्दै ढाँटेको खुलासा गरेका हुन् ।

प्रचण्ड अभिव्यक्ति :

‘दुई दलको सहमति भइसक्यो । हस्ताक्षर भइसक्यो । म त्यो कथा सबै कथा अहिले भन्न चाहन्न । १७ गते राति सहमति भइसकेपछि १८ गते बिहान आएर नेकपा एमालेका अध्यक्ष आएर भन्नुहुन्छ, भएकै छैन भन्नुभयो । म कान्तिपुर देखाउँछु, यी फोटो आइसकेको छ, तपाईं र शेरबहादुरजीले हस्ताक्षर गरेको, के कुरा गरेको तपार्इंले ?’, उनले सोधे, ‘कहिलेको फोटो रहेछ भन्नुभयो उहाँले । ढाँटछलको पनि एउटा सीमा हुन्छ नि । अनि शेरबहादुरजीलाई फोन गरेर तीन वटा पार्टी बस्ने हो, अनिमात्र के गर्ने हो गर्ने हो भन्नुहुन्छ उहाँले राष्ट्रिय सहमति ।’

उनले त्यसबेला नेपाली कांग्रेसका सभापतिलाई फोन गर्दा नलागेको बताए । ‘तत्काल देउवाजीलाई फोन लागेन । एकछिन पछि लाग्यो । के हो, एमाले अध्यक्षले त सहमति भएको छैन, तीनटा नेता बसेर टुंग्याउने भन्दै हुनुहुन्छ मलाई दिउँसो ४ बजे’, मैले सोधेँ, ‘अनि सभापतिले मलाई भन्नुभयो, होइन सहमति भइसक्यो, हस्ताक्षर भइसक्यो । म ढाँट्न जान्दिन, सरी । र, यो तीनटा बस्न आवश्यक छैन । तीनटा बसेर अब के गर्नु ? भइसक्यो, भइसक्यो भन्नुभयो उहाँले आफ्नो शैलीमा । यस्तो तरिका अपनाउनु पर्छ ? दुईटा ठूल्ठूला दलहरुले ?’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १२ : ३३ बजे

स्ट्रेट अफ हर्मुजमा ट्याङ्कर र व्यवसायिक जहाजमाथि गोलाबारी

काठमाडौं- स्ट्रेट अफ हर्मुजमा रहेको एउटा तेल ट्याङ्करलाई लक्षित गरी

सिक्टा सिँचाइ आयोजना : २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

राँझा– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना सुरु भएको

एक अर्ब ४७ करोड बढी राजस्व सकंलन

चितवन– गत आर्थिक वर्षमा भन्दा चालु आवमा एक अर्ब ४७

ट्रम्प धेरै बोल्छन् : इरानी उपविदेशमन्त्री

काठमाडौं- इरानी उपविदेशमन्त्री सइद खातिबजादेहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको निर्देशन, यी हुन् क्षेत्रहरू 

काठमाडौं– गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’