राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले मिलेका हौँ : रमेश लेखक « Khabarhub

राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले मिलेका हौँ : रमेश लेखक


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले आगामी दिनमा तीन–तीन महिनामा प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्था नआउन दिन नेकपा एमालेसँग सहमति गरेको बताएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी दिनमा प्रधानमन्त्रीले हरेक तीन महिनामा विश्वासको मत लिने स्थिति नबनोस् भनेर एमालेसँग सहमति गरिएको बताएका हुन् ।

‘आउँदा दिनमा एक जना प्रधानमन्त्रीले प्रत्येक तीन महिनामा विश्वासको मत लिन जानुपर्ने स्थिति नबनोस् भन्ने हाम्रो सहमतिको उद्देश्य हो । तीन महिनामा एक दिन मात्रै विश्वासको मत लिन कुनै अप्ठ्यारो थिएन तर एउटा विश्वासको मतको प्रक्रियाका लागि एक देखि दुई महिना लाग्छ,’ उनले भने, ‘त्यसको अर्थ हमेशा हामी अस्थिर सरकार सरकार बेहोरिराखेको अवस्था छ । यसको जिम्मेवार को हो, म त्यतातिर जान्न । तर, यो स्थितिको पुनरावृत्ति नहोस् भन्ने हाम्रो उद्देश्य हो । त्यस कारण सहमति भएको हो ।’

लेखकले भ्रष्टाचार नियन्त्रण गरेर मुलुकमा सुशासन कायम गर्ने भनेर स्टन्टको मात्रै राजनीतिक गरिएको पनि टिप्पणी गरे । ‘भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने विषय छ । यो रोस्टममा धेरै भ्रष्टाचारको ठूला कुरा सुनिन्छ । तर व्यवहारमा भाषण बाहेक केही छैन,’ उनले भने, ‘स्टन्टको मात्रै राजनीति भयो । अर्कालाई धम्काउने, तर्साउने काम भयो । जानै लाग्दा फाइल खोल्छु फाइल खोल्छु भन्ने कुरा भए तर प्रक्रिया अगाडि बढेन ।’

उनले दुई दलबीच भएको सहमतिका ठोस आधारहरू रहेको र त्यसकै लागि कांग्रेस–एमालेबीच सहमति भएको जिकिर गरे । ‘दुईवटा राजनीतिक दलका बीचमा जुन सहमति भएको छ, यो सहमतिका केही ठोस आधारहरू छन्,’ लेखकले भने, ‘यो सहमतिले मुलुकलाई ठिक ढंगले ढंगले अगाडि लिएर जान सकिन्छ । र ठिक ठाउँमा पुर्‍याउन सकिन्छ भन्ने कुराका पर्याप्त आधारहरू छन् । सैद्धान्तिक आधार, व्यवहारिक आधार छन् । त्यसका आधारमा हामीले यो सहमति गरेका छौँ ।’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  २ : ११ बजे

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा

पीआर लिएर विदेश बस्ने दुई कर्मचारीविरुद्ध कारवाही सिफारिस, अरुको पनि खोजी हुँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले