सिमलताल बस दुर्घटना : उद्धार तथा खोजीमा सेना सक्रिय « Khabarhub

सिमलताल बस दुर्घटना : उद्धार तथा खोजीमा सेना सक्रिय


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले चितवनको भरतपुर महानगरपालिका–२९ को सिमलतालमा वीरगन्जबाट काठमाडौँ आइरहेको र काठमाडौँबाट रौतहटको गौर गइरहेको यात्रुवाहक बस पहिरोले बगाएको खबर हुनसाथ स्थानीयको सहयोगमा उद्धार कार्य जारी राखेको छ ।

चितवनस्थित सेनाको गोताखोरसहितको फौज अन्य सुरक्षा निकायलगायतको सहयोगमा घटनापछि उद्धार तथा खोजीका लागि खटिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसैगरी कास्की, कैलाली, कञ्चनपुर, सर्लाही, तनहुँलगायत मनसुन सुरू भएयता देशका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट प्रभावितको खोज तथा उद्धारमा समेत सेना खटिरहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  २ : ४१ बजे

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक