कांग्रेस-एमालेलाई रविको कटाक्ष- व्यापारीको घरमा गरेको सहमतिलाई राष्ट्रिय लेपन नलगाउनू « Khabarhub

कांग्रेस-एमालेलाई रविको कटाक्ष- व्यापारीको घरमा गरेको सहमतिलाई राष्ट्रिय लेपन नलगाउनू


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेले व्यापारीको घरमा गरेको सहमतिलाई राष्ट्रिय सहमतिको लेप लगाउँदा राष्ट्रिय शब्दकै मानमर्दन भएको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा जारी छलफलमा भाग लिँदै उनले असार १७ गते कांग्रेस–एमालेबीच क्याप्टेन रामेश्वर थापाको निवासमा भएको सहमतिलाई राष्ट्रिय सहमति भन्दा राष्ट्रिय शब्दको मानमर्दन भएको बताएका हुन् ।

‘कुनै एउटा व्यापारीको घरमा आजसम्म देशलाई जनतालाई, आफ्ना दलका नेता कसैलाई थाहा नदिई गरिएको सहमतिलाई राष्ट्रिय भनेर लेपन लगाउँदा यो मानमर्दन भएको छ,’ लामिछानेले भने, ‘राष्ट्रियता शब्दको, राष्ट्रिय शब्दको मानमर्दन भएको छ । सभामुख महोदय यो सहमति हुन सक्ला तर राष्ट्रिय सहमति होइन ।’

उनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अधयक्ष केपी शर्मा ओलीबीच मध्यराति भएको उक्त सहमतिप्रति संशयसमेत व्यक्त गरे ।

‘न राष्ट्रलाई थाहा छ । न दलका सांसदलाई थाहा छ । न कसैलाई थाहा छ,’ सहमति पत्र गोप्य राखिएको प्रति इंगित गर्दै लामिछानेले भने, ‘कस्तो सहमति हो सभामुख महोदय ? जसलाई मध्यरातमा कुनै एउटा व्यापारीको घरमा बसेर गर्नुपर्ने सहमति होला ।’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ३ : ४१ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको