प्रचण्डलाई सांसद शाहीको चेतावनी- जातजाति उचालेर राजनीतिक रोटी सेक्न बन्द गर्नू « Khabarhub

प्रचण्डलाई सांसद शाहीको चेतावनी- जातजाति उचालेर राजनीतिक रोटी सेक्न बन्द गर्नू


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जातजातिका नाममा राजनीतिक रोटी नसेक्न चेतावनी दिएका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा उनले प्रचण्डलाई जातजातिलाई भड्काएर आफ्नो राजनीतिक रोटी नसेक्न चेतावनी दिएका हुन् ।

‘जातजातिलाई फेरि भड्काएर फेरि आफ्नो रोटी सेक्ने काम यो संसदको रोष्टमबाट नहोस्, म तपाईंहरूलाई यो भन्न चाहन्छु,’ शाहीले भने, ‘किनभने अत्ति भइसक्यो । जातिकै कुरा गर्ने हो भने रुकुम पश्चिमको नवराज विकको हत्या के राजाको पालामा भएको हो ?’

उनले नवराज विकलगायतको हत्या हुँदा नेकपा माओवादी केन्द्र नै सरकारमा रहेको स्मरण गराउँदै उक्त घटना जातीयताका लागि मान्छे मारेको नेपालकै सबैभन्दा ठूलो रुपमा चित्रित गरे ।

‘यही गणतन्त्र, स्वयम् माओवादी सरकारमा थियो । त्यतिखेर भएको हो । अहिलेसम्मकै जातियताका लागि सबैभन्दा ठूलो मान्छे मारेको घटना भित्र पर्छ नेपालको,’ शाहीले भने, ‘म अहिले पनि भन्छु, हाम्रो जात एउटामात्रै छ नेपाली, देश एउटामात्रै छ नेपाल । यहाँभन्दा अरु केही छैन ।’

उनले जातजाति टुक्रयाएर देशमा राजनीति गर्नुभन्दा राजनीतिबाटै सन्यास लिनसमेत सुझाए । ‘हामीले जातजातिमा टुक्रयाएर देशमा राजनीति गर्नु छैन । बरु राजनीतिबाट सन्यास लिनुपर्छ,’ प्रमुख सचेतक शाहीले भने ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ३ : ४९ बजे

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार

ट्रम्पको दाबी : आठ महिनायता कोही पनि अवैध रूपमा अमेरिका पसेका छैनन्

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब देशमा अवैध रूपमा प्रवेश

जनमोर्चाको घोषणापत्र : मुख्य चुनावी एजेन्डा संघीयता खारेजी

काठमाडौं- राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेण्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौं– अघिल्लो दुई कारोबार दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

गगनको स्वीकारोक्ति : मधेशका मुद्दा बोक्न नसक्दा कांग्रेस कमजोर भयो

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतका मधेश आन्दोलन नेपाली