कारागारमा पानी चुहिँदा कैदीबन्दीलाई समस्या « Khabarhub

कारागारमा पानी चुहिँदा कैदीबन्दीलाई समस्या


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पर्वत– झण्डै चार दशक अघि बनेको पर्वत कारागार भवन मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएको छ । टिनको छाना भएको भवनमा पानी चुहिन थालेपछि कैदीबन्दीलाई समस्या भएको छ ।

लामो समयसम्म टिनको छाना परिवर्तन गर्न नसक्दा खिया लागेर पानी चुहिन थालेको हो । हिउँदमा धेरै समस्या नभए पनि निरन्तरजसो पानी पर्ने वर्षायाममा कैदीबन्दीलाई रात काट्न समस्या परेको छ ।

छानाबाट पानी चुहिएर ओछ्यान भिज्ने र खाना पकाउन समस्या भएको कैदीबन्दीले गुनासो गरेका छन् । पानी चुहिएर कैदीबन्दी समस्यामा परेको गुनासो आएपछि कारागार कार्यालयले चार त्रिपालले छानो ढाकेको छ ।

मर्मत गर्न बजेट नभएका कारण त्रिपालले ढाकेको कारागार कार्यालयका सूचना अधिकारी निर्मल पौडेलले जानकारी दिए । कारागार भवन पुनर्निर्माण गर्नुपर्ने उनकाो भनाइ छ ।

कारागारमा पुरुष ब्लकतर्फ बढी समस्या रहेको छ । पुरुष बस्ने भवन मर्मतसम्भार हुन सकेको छैन । क्षमताभन्दा चार गुणा बढी रहेको साँघुरो भवनमा वर्षायाममा पानी चुहिने समस्याले दैनिक जीवनयापनमा समस्या भएको सूचना अधिकारी पौडेलले बताए ।

कारागार भवन पुनर्निर्माण गर्न माग गर्दै आएपनि गृह मन्त्रालय, कारागार व्यवस्थापन विभागलगायतले चासो नदिएको कार्यालयले जनाएको छ ।

अहिले पर्वत जिल्ला कारागारमा क्षमताभन्दा झण्डै चार गुणा बढी कैदीबन्दी रहेका छन् । पच्चीस कैदीबन्दीको क्षमता रहेको कारागारमा अहिले ९३ जना रहेका छन् । कैदीबन्दीमा तीन महिला र एक नाबालक छन् ।

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुको व्यवस्थापन गर्न समस्या भएको कारागार कार्यालयका जेलर शिला श्रेष्ठले बताइन् । क्षमताभन्दा बढी कैदीबन्दी राख्दा उनीहरुलाई सुत्न समस्या समेत भएको छ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १० : ४२ बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

बयान दिन रमेश लेखकलाई कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको