‘गुलाबी’ बन्न नाजिरले घटाएका थिए १६ केजी तौल « Khabarhub

‘गुलाबी’ बन्न नाजिरले घटाएका थिए १६ केजी तौल


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘गुन्यू चोलो’मा नायक नाजिर हुसेनको लुक्सले चर्चा बटुलेको छ । निर्माण पक्षले कार्तिक ९ गते प्रदर्शन मिति घोषणासँगै पोस्टर सार्वजनिक गरेपछि उनको लुक्सले चर्चा पाएको हो । 

सार्वजनिक पोस्टरमा नाकमा नथिया, कानमा झुम्का र श्रृङ्गारमा सजिएका नाजिरको ‘ुट्रान्सवुमन लुक्स’ देख्न सकिन्छ। यो उनले फिल्ममा निर्वाह गरेको पात्र ‘गुलाबी’को चरित्र हो । उनले पहेँलो रङ्गको वान पिस लगाएका छन् । एउटा हातमा विग (नक्कली कपाल) र अर्को हातमा हिल्स बोकेका छन्। उनको शरीरमा चोट पनि देख्न सकिन्छ । 

यो चरित्रका लागि नाजिरले १६ केजी तौल घटाएका थिए । यसका लागि उनले गरेको मिहिनेत पोस्टरले नै प्रष्ट पार्छ । सामाजिक सञ्जालको कमेन्ट बक्समा पनि यस लुक्सलाई लिएर राम्रो प्रतिक्रियाहरू पाएका छन् । 

धेरैले फिल्म सफलताको शुभकामना दिएकाले नाजिरको यस लुक्सलाई मन पराएको स्पष्ट पार्छ । केहीले ‘पोस्टरमा गुन्यो चोलो किन नलगाएको? ’ भन्ने प्रश्न पनि  गरेका छन् । 

यो फिल्म समुन्द्र भट्टले निर्देशन गरेकी हुन् । पटकथा निर्माण र अनुसन्धानका लागि लैंगिक अल्पसङ्ख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरू ‘निलहिरा समाज‘ र ‘मितिनी नेपाल’सँग पनि परामर्श गरेको उनको दाबी छ । 

यस फिल्म पारलैंङ्गिकताको कथामा आधारित यस फिल्ममा निर्देशक भट्ट र नाजिरको पटकथा तथा संवाद छ।

‘भिजन इन्टरटेनमेन्ट’ र ’दि स्काई ओसन इन्टरटेनमेन्ट’ को ब्यानरमा निर्माण भएको यस फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौँला, अनुपम श्रेष्ठ र विशाल पहारीसमेत मुख्य भूमिकामा छन् । निर्माताहरू आकाश बुढाथोकी र भी भन्से जानुबोन हुन् ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ६ : ५२ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७