'गुलाबी' बन्न नाजिरले घटाएका थिए १६ केजी तौल | Khabarhub Khabarhub

‘गुलाबी’ बन्न नाजिरले घटाएका थिए १६ केजी तौल


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं फिल्म ‘गुन्यू चोलो’मा नायक नाजिर हुसेनको लुक्सले चर्चा बटुलेको छ । निर्माण पक्षले कार्तिक ९ गते प्रदर्शन मिति घोषणासँगै पोस्टर सार्वजनिक गरेपछि उनको लुक्सले चर्चा पाएको हो । 

सार्वजनिक पोस्टरमा नाकमा नथिया, कानमा झुम्का र श्रृङ्गारमा सजिएका नाजिरको ‘ुट्रान्सवुमन लुक्स’ देख्न सकिन्छ। यो उनले फिल्ममा निर्वाह गरेको पात्र ‘गुलाबी’को चरित्र हो । उनले पहेँलो रङ्गको वान पिस लगाएका छन् । एउटा हातमा विग (नक्कली कपाल) र अर्को हातमा हिल्स बोकेका छन्। उनको शरीरमा चोट पनि देख्न सकिन्छ । 

यो चरित्रका लागि नाजिरले १६ केजी तौल घटाएका थिए । यसका लागि उनले गरेको मिहिनेत पोस्टरले नै प्रष्ट पार्छ । सामाजिक सञ्जालको कमेन्ट बक्समा पनि यस लुक्सलाई लिएर राम्रो प्रतिक्रियाहरू पाएका छन् । 

धेरैले फिल्म सफलताको शुभकामना दिएकाले नाजिरको यस लुक्सलाई मन पराएको स्पष्ट पार्छ । केहीले ‘पोस्टरमा गुन्यो चोलो किन नलगाएको?  भन्ने प्रश्न पनि  गरेका छन् । 

यो फिल्म समुन्द्र भट्टले निर्देशन गरेकी हुन् । पटकथा निर्माण र अनुसन्धानका लागि लैंगिक अल्पसङ्ख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरू ‘निलहिरा समाज‘ र ‘मितिनी नेपाल’सँग पनि परामर्श गरेको उनको दाबी छ । 

यस फिल्म पारलैंङ्गिकताको कथामा आधारित यस फिल्ममा निर्देशक भट्ट र नाजिरको पटकथा तथा संवाद छ।

‘भिजन इन्टरटेनमेन्ट’’दि स्काई ओसन इन्टरटेनमेन्ट’ को ब्यानरमा निर्माण भएको यस फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौँला, अनुपम श्रेष्ठ र विशाल पहारीसमेत मुख्य भूमिकामा छन् । निर्माताहरू आकाश बुढाथोकी र भी भन्से जानुबोन हुन् ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ६ : ५२ बजे

इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते

इजरायल – इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक