गोली लागेका ट्रम्पले भने– ‘गड ब्लेस अमेरिका’ « Khabarhub

गोली लागेका ट्रम्पले भने– ‘गड ब्लेस अमेरिका’


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोली प्रहारबाट घाइते भएका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी गुप्तचर तथा सुरक्षा निकायको द्रूत प्रतिक्रियाप्रति धन्यवाद व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल एक्समार्फत पेन्सलभेनिया राज्यमा आयोजित कार्यक्रममा भएको गोलाबारीमा उनीहरुले तत्काल स्थितिलाई नियन्त्रणमा लिएको भन्दै धन्यवाद व्यक्त गरेका हुन् ।

उनले गोली प्रहारबाट र्‍यालीमा मारिएका एक व्यक्तिका परिवार र गम्भीर घाइते भएका अर्का व्यक्तिको परिवारमा समवेदना प्रकट गरेका छन् ।

उनले आफ्नो दाहिने कानको माथिल्लो भागमा गोली लागेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘मेरो दाहिने कानको माथिल्लो भागमा गोली लागेको थियो । मलाई तुरुन्तै थाहा भयो कि केही गडबड भइरहेको छ । मैले गोलीको आवाज सुनेँ, छाला छेडेको महसुस गरेँ । धेरै रक्तश्राव भयो, मैले केही भइरहेको छ भन्ने थाहा पाएँ । ‘गड ब्लेस अमेरिका !’

ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्ति पनि सुरक्षा कारबाहीमा मारिएका छन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ८ : ४९ बजे

जापानमा एक्सप्रेस रेलको ठक्करबाट चार कर्मचारीको मृत्यु

टोकियो- जापानमा एक्सप्रेस रेलको ठक्करबाट रेल सेवाका चार कर्मचारीको मृत्यु भएको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

राँझा– बहुमूल्य जडीबुटी संकलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका लागि

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण