अनुचित सम्बन्ध राख्न अस्वीकार गर्ने महिलाको नाक काटेको आरोपमा ४ जना पक्राउ « Khabarhub

अनुचित सम्बन्ध राख्न अस्वीकार गर्ने महिलाको नाक काटेको आरोपमा ४ जना पक्राउ


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आठ महिनाअघि एक जना महिलाको नाक काटेको आरोपमा ४ पुरुष पक्राउ परेका छन् । घटना पाकिस्तानको डेरा गाजी खान जिल्लास्थित शाह सदरद्दीन क्षेत्रको हो ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार जफार लसहारी र अन्य तीन जनाले ती महिलासँग अनुचित सम्बन्ध राख्न खोजेका थिए । तर ती महिलाले त्यस्तो सम्बन्ध राख्न नमानेका कारण चक्कुले उनको नाक काटेर भिडियो खिचेका थिए ।

तर, घटनाबारे कुनै उजुरी दर्ता नभएको भन्दै प्रहरीले उनीहरुलाई कारवाही गर्न अस्वीकार गरेको थियो । यद्यपि पछि पाकिस्तानको राष्ट्रिय मानव अधिकार आयोगले उक्त घटनाबारे चासो देखाएको थियो ।

प्रहरीका अनुसार पीडितकी बहिनीले दिएको जाहेरीका आधारमा संदिग्धलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १० : ०३ बजे

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण

जेनजी आन्दोलनको एक वर्ष : शङ्कर पोखरेल भन्छन्- ‘घुसपैठ गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी