चार दिनमा थपिए ६१ जना डेंगु सङ्क्रमित « Khabarhub

चार दिनमा थपिए ६१ जना डेंगु सङ्क्रमित


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो चार दिनमा देशभर ६१ जना डेंगु सङ्क्रमित थपिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार अघिल्लो साताको तुलनामा पछिल्लो चार दिनमा सो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् ।

(ईडीसीडी) का अनुसार देशका ७७ जिल्लामध्ये ७३ जिल्लाका गत जनवरीयता हालसम्म कुल १५ सय ४४ जनालाई डेंगु सङ्क्रमण देखिएको छ । अघिल्ला साता यो संख्या १४ सय ८३ जना थिए ।

जसमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ५३८ जनामा डेंगु देखिएको छ । यस्तै कर्णाली प्रदेशमा सबैभन्दा कम २१ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यस्तै, मधेस प्रदेशमा ३९ जना, कोशीमा ३७१ जना, गण्डकीमा २३० जना,सुदूरपश्चिममा १६४ जना र लुम्बिनीमा १८१ जनामा डेंगु सङ्क्रमण भएको ईडीसीडीको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लागत हिसाबले सबैभन्दा बढी काठमाडौँमा १८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

 

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ३ : ५५ बजे

पोखरा बसपार्कका संरचना नभत्काउन अदालतको अन्तरिम आदेश

पोखरा– पोखरा बसपार्क क्षेत्रका संरचना हटाउने तयारी भइरहेका बेला उच्च

प्रतिनिधिसभा निर्वाचनको केन्द्रीय समीक्षा कार्यशाला सुरु

काठमाडौं– निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य

ट्रम्पले भने- भारत–अमेरिका व्यापार सम्झौता छिट्टै टुंगिनेछ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीच लामो समयदेखि

भारतको कूटनीतिक परीक्षणमा रविको उदय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पाँचदिने

भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

चितवन– यहाँस्थित कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका