बागमती प्रदेश प्रमुख शर्माद्वारा अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण « Khabarhub

बागमती प्रदेश प्रमुख शर्माद्वारा अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बागमती प्रदेशसभाबाट पारित भई आएको अर्थसम्बन्धी दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

उनले प्रमाणीकरण गरेको विधेयकमध्ये आव २०८१/०८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ रहेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

ती दुई विधेयक प्रदेश प्रमुख शर्मासमक्ष प्रमाणीकरण गर्न प्रदेशसभाका सभामुख भुवनकुमार पाठक र प्रमुख सचिव कृष्णहरि खड्काले हस्ताक्षर गरी पठाएका थिए । दुवै विधेयक प्रदेश प्रमुख शर्माले प्रमाणीकरण गरेको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ४ : ५० बजे

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको