बागमती प्रदेश प्रमुख शर्माद्वारा अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण « Khabarhub

बागमती प्रदेश प्रमुख शर्माद्वारा अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बागमती प्रदेशसभाबाट पारित भई आएको अर्थसम्बन्धी दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

उनले प्रमाणीकरण गरेको विधेयकमध्ये आव २०८१/०८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ रहेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

ती दुई विधेयक प्रदेश प्रमुख शर्मासमक्ष प्रमाणीकरण गर्न प्रदेशसभाका सभामुख भुवनकुमार पाठक र प्रमुख सचिव कृष्णहरि खड्काले हस्ताक्षर गरी पठाएका थिए । दुवै विधेयक प्रदेश प्रमुख शर्माले प्रमाणीकरण गरेको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ४ : ५० बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर