फोहोरको थुप्रोमा आठ महिलाको शव भेटियो « Khabarhub

फोहोरको थुप्रोमा आठ महिलाको शव भेटियो


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

नैरोबी– नैरोबीको सुकुम्बासी बस्तीको फोहोर फाल्ने स्थानबाट हालसम्म आठ जनाको शव फेला परेको केन्याका कार्यवाहक प्रहरी प्रमुखले बताएका छन् ।

कार्यवाहक प्रहरी प्रमुख डगलस कान्जाले पत्रकार सम्मेलनमा भने, ‘तिनीहरूलाई टुक्रा–टुक्रा पारिएको, सडेको विभिन्न अवस्थामा बोरामा छोडिएको थियो । ‘

कान्जाका अनुसार पहिलो छ जनाको शव शुक्रबार र अन्य दुई महिलाको शव शनिबार फेला परेको थियो ।

उनले भने, ‘म सबै नागरिकलाई  आश्वस्त पार्न चाहन्छु कि हामी पारदर्शी, विस्तृत र छिटो अनुसन्धान गर्न प्रतिबद्ध छौं ।’

कान्जाले अनुसन्धानमा जनसहयोगका लागि आह्वान गर्दै यस्ता जघन्य घटनाका दोषीलाई कानुनी कठघरामा ल्याउने बताएका छन् ।

गत महिना सरकार विरोधी प्रदर्शनका क्रममा दर्जनौँ प्रदर्शनकारीको मृत्यु भएको थियो भने जनआक्रोश बढेपछि केन्याका प्रहरी प्रमुख जाफेट कुमेले पदबाट राजीनामा दिएका थिए भने कान्जाले यसै साता मात्र पदभार ग्रहण गरेका थिए  ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ६ : २८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली