स्पेन चौथोपटक युरोपेली च्याम्पियन, इङ्ग्ल्यान्ड दोस्रोपटक स्तब्ध « Khabarhub

स्पेन चौथोपटक युरोपेली च्याम्पियन, इङ्ग्ल्यान्ड दोस्रोपटक स्तब्ध


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जर्मनीमा आयोजित युरोकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

यससँगै स्पेन चौथो पटक युरोपियन च्याम्पियन भएको छ । इङलिस टीम भने लगातार दोस्रो पटक फाइनलमा पराजित भएको छ ।

स्पेन सेमिफाइनलमा फ्रान्सलाई हराउँदै फाइनलमा पुगेको थियो । उता इङ्ल्यान्डले नेदरल्याण्ड्सलाई हराएर लगातार दोस्रोपटक फाइलन यात्रा पक्का गरेको थियो । तर अघिल्लो संस्करणमा इटालीले स्तब्ध बनाएको इङ्लिस टोलीलाई यस यसपटक स्पेनले रूवायो।

स्पेनले पाँचौँपटक फाइनल खेल्दा चौथोपटक उपाधि उचाल्यो। इंग्ल्यान्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पराजित भयो ।

स्पेनलाई जिताउन खेलको ४७ मिनेटमा निको विलियम्सले अग्रता दिलाए। पहिलो हाफ एकपक्षीय खेलेको स्पेनले दोस्रो हाफको दुई मिनेटमै गोल गरेको थियो।

तर खेलको ७० मिनेटमा मैदान पसेका कोल पामरले तीन मिनेटभित्रै उत्कृष्ट गोल गरेर खेललाई बराबरीमा ल्याए ।

बराबरीमा आएपछि आक्रमण बुनिरहेका बेला स्पेन सफल भयो । उसका लागि खेलको ८६ मिनेटमा सब्टिच्युट खेलाडी मिकेल ओयार्जाबलले निर्णायक गोल गरे ।

यससँगै स्पेनले युरोकपको उपाधि चारपटक जितेको छ । इंग्ल्याण्ड भने सन् २०२० मा जस्तै उपविजेता बनेको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ३ : ०८ बजे

प्रतिनिधि विवादले अझै सुरु भएन रास्वपा बन्दसत्र

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत बन्दसत्र निर्धारित समयमा

रास्वपा महाधिवेशन : प्रतिनिधि नामावलीलाई लिएर विवाद

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा प्रतिनिधिको नामावलीलाई लिएर

रास्वपा सह-महामन्त्रीमा यज्ञमणि न्यौपानेको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदका लागि अधिवक्ता यज्ञमणि

रास्वपामा रवि-बालेन भागबन्डाको विरोध, महाधिवेशन प्रतिनिधिले भने : कांग्रेस-एमालेकै रोग देखियो, विद्रोह गर्छौँ

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लम्बिँदै गएपछि प्रतिनिधिहरूको आक्रोश बढ्न

सहमहामन्त्री उठ्ने रमेश प्रसाईँको घोषणा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्री उठ्ने घोषणा रमेश प्रसाईँले गरेका