आज देशभर मौसमको अवस्था कस्तो रहला ? « Khabarhub

आज देशभर मौसमको अवस्था कस्तो रहला ?


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।  मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहि कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशभरका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेशका एकदुई  स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ५ बजेर १८ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर १ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ६ : २९ बजे

झापा–५ मा बालेन्द्र शाह अगाडि, तेस्रो स्थानमा श्रम संस्कृति पार्टी

काठमाडौं– झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनामा

रुकुमपूर्वमा मतगणना सुरु

रुकुमपूर्व– हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार

नेमकिपाको गढ भक्तपुर–१ मा रास्वपा धेरै मतले अगाडि

भक्तपुर– प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना भइरहेको छ । बिहीबार

रास्वपा ३६ ठाउँमा अगाडि, एमाले ६ र कांग्रेस २ क्षेत्रमा अग्रता

काठमाडौं– देशभर जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

अधिकृतको हस्ताक्षर विवादले स्याङ्जा-२ मा मतगणना सुरु हुन सकेन

स्याङ्जा – स्याङ्जा-२ को मतगणनामा विवाद भएको छ । ८९