सीमा सुरक्षालाई प्राथमिकता दिन निर्देशन « Khabarhub

सीमा सुरक्षालाई प्राथमिकता दिन निर्देशन


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साका प्रमुख जिल्ला अधिकारीसहित  चारवटै सुरक्षा निकायका प्रमुखले नेपाल भारत सीमास्तम्भका बारेमा स्थलगत अवलोकन एवं  जानकारी लिएका छन् ।

जिल्लामा एक सय सात किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न पर्साका सुरक्षा निकायलाई निर्देशन दिए ।

उनले जगरनाथपुर गाउँपालिका–२ स्थित नेपाल–भारतको इनर्वा सीमानाकाको स्थलगत अवलोकन गर्दै सीमावासीका समस्या र गुनासालाई सम्बोधन गर्ने गरी अघि बढ्न  सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका हुन् ।

उनले सीमा क्षेत्रका स्थानीयवासीसँग पनि छलफल गरेर स्थानीयवासीले उठाउँदै आइरहेको विषयलाई सम्बोधन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

टोलीले ठोरी गाउँपालिकास्थित सीमास्तम्भको बारेमा पनि अवलोकन गरेको थियो । सो अवसरमा जगरनाथपुर गाउँपालिका–२ का वडाध्यक्ष नेपालीप्रसाद कुशवाहाले केही ठाउँमा सीमाको विवाद कायम रहेकाले दुवै पक्षबीच छलफल गरेर विवाद टुङ्ग्याउनु पर्नेमा जोड दिए ।

जगरनाथपुर–२ का स्थानीय जामिर मियाँले नेपाली सुरक्षाकर्मी र स्थानीयबीच सुमधुर सम्बन्ध कायम गर्नुपर्ने बताए ।

 

 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ७ : २२ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल