ट्रम्पलाई गोली हान्ने २० वर्षे युवाको तथ्य पत्ता लगाउँदै एफबिआई « Khabarhub

ट्रम्पलाई गोली हान्ने २० वर्षे युवाको तथ्य पत्ता लगाउँदै एफबिआई


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – पेन्सिलभेनियाको बेथल पार्क अहिले अमेरिकामा धेरैका लागि चासोको विषय बनेको छ। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार गरेको आरोपमा सुरक्षाकर्मीबाट मारिएका थोमस म्याथ्यु क्रक्स त्यहीँका बासिन्दा हुन्। उनले एआर-१५ राइफल प्रयोग गरेको सुरक्षाकर्मीले जनाएका छन्। २० वर्षीय क्रक्स भान्छामा काम गर्ने व्यक्ति हुन्।

एकदम शान्त स्वभावका ती व्यक्ति बन्दुक प्रहारमा संलग्न भएको घटनाले उनका छिमेकीलाई समेत आश्चर्यमा पारेका छन्। उनका बारे धेरै कुरा खुलेको छैन। अनुसन्धान जारी नै छ। उनले कुनै परिचय पत्र बोकेका थिएनन्। यस कारण एफबिआई तथा सुरक्षाकर्मीले उनको डिएनए परीक्षण तथा अन्य परिचय मार्फत पहिचान गर्न खोजी रहेका छन्।

विज्ञान र गणितमा तीक्ष्ण रहेका उनको बसाइ घटना भएको स्थानबाट ७० किलोमिटर पर बेथल पार्कमा हो। घर नजिकै रहेको स्थानीय नर्सरीको भान्सामा उनको जागिर थियो।

अमेरिकी सञ्चार माध्यम र स्थानीय मतदानको आधारमा भन्ने हो भने उनी रिपब्लिकन हुन्। उनले सन् २०२१ मा एक्ट ब्लु अभियानका लागि १५ अमेरिकी डलर चन्दा दिएका थिए। उनी स्थानीय क्लब क्लारिटियन स्पोर्ट्स क्लबको एक वर्षको सदस्य पनि भएका थिए।

त्यहाँका कानुन अधिकारीको यो विश्वास छकी ट्रम्पलाई प्रहार गर्न प्रयोग गरिएको बन्दुक उनका बाबुले खरिद गरेका थिए। क्रक्समा बाबुले कमसेकम ६ महिना अघि सो बन्दुक किनेको जनाइएको छ। बन्दुक र विध्वंसात्मक पदार्थका लागि चिनिने युट्युब च्यानल डेमोलिसियन रान्चको जर्सी उनले भिरेका थिए। क्रक्सको सवारी साधनमा शङ्कास्पद डिभाइस भेटिएको समेत जनाइएको छ।

यसको छानबिनका लागि बम प्राविधिकलाई बोलाइएको छ। एफबीआई पिटर वर्गका स्पेसल एजेन्ट केभिन रोजाकको अनुसार उनको कुनै लक्ष्य र उद्देश्य नै थाहा हुन सकेको छैन। राजेक क्रक्सको लक्ष्य र यो प्रहार कारण पत्ता लगाउन एफबीआई लागी पर्ने बताउँछन्। उनका अभिभावक बस्ने सडकदेखि कै क्षेत्र प्रहरीले सिल गरेको छ।

बेथलका प्रहरीले बमको बारे पनि त्यस क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहेको छ। सोही बसोबास गर्ने बाहेक अन्य कसैलाई त्यस क्षेत्रमा प्रवेश दिइएको छैन। प्रहरीले घेराबन्दीमा पारेर राखेको छ। उनले यो योजना बनाउनका लागि कत्ति समय खर्चिएका थिए भन्ने विषयमा पनि छानबिन भइरहेको छ।

उनी कस्तो किसिमको व्यक्ति थिए भन्ने नै धेरैका लागि चासोको विषय हुन थालेको छ। विद्यालय तहमा उनका साथीका अनुसार लजालु, एकान्त मन पराउने तथा यदाकदा आफू एक्लै हिँड्नु उनको स्वभाव थियो। उनका एक क्लास मेटका अनुसार कक्षा कोठामा शान्त रहने उनी पढाइमा तेज तथा इतिहासमा चासो दिने व्यक्ति थिए।

उनका साथी मयरका अनुसार पढाइमा चासो दिने शान्त स्वभावका क्रक्स अन्य कुनै पनि अतिरिक्त विषयमा कमै सक्रिय थिए। उनी कसैप्रति नमिठो बोली नबोल्ने स्वभावका थिए।

घटनामा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते छन्। यी तीनै जना सर्वसाधारण हुन्। ट्रम्पको आर्थिक निर्देशक मेरेडीथ ओराउक्रले चलाएको पेज मार्फत घाइतेको परिवारलाई सहयोग रकम उठी रहेको छ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १० : ४६ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका