बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति | Khabarhub Khabarhub

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक–  सिन्धुपाल्चोकको याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

७ दशमलव ५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको,‘सवस्टेसन’ र पावर हाउसमा क्षति पुर्‍याएकाे पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

जिल्लाको क्षेत्र नम्बर २ का अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ । साथै खाल्डेखोलादेखि तिपेनीसम्मको सडकसमेत अवरुद्ध भएको छ ।

यस क्षेत्रमा जाने वैकल्पिक सडक नहुँदा अत्यावश्यक यातायातका साधनसमेत चल्न नपाउँदा बिरामीसमेत मारमा परेको लामाले बताए ।

त्यस्तै चिन्डे जतन जोड्ने र झोलुङ्गे पुल र याङ्ग्री पुल पनि बाढीले बगाएको बताइएको छ ।

याङ्ग्री तथा इन्द्रावती नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको छ । चिनियाँपुल, माझीरुम्टी, तिपेनी, खस्रेबालुवाखाल्डेखोलाजस्ता बस्ती बजार र अस्पताल पनि जोखिममा रहेको बताइएको छ ।

मेलम्ची, इन्द्रावती तथा पाँचपोखरी जोड्ने मेलम्चीमा गत वर्ष मात्रै बनेको ‘बेलिबृज’ पनि जोखिममा परेको छ । त्यस्तै मेलम्चीमा नवनिर्मित बसपार्क, खेलमैदान र निर्माणाधीन कभर्डहल समेत बाढीको जोखिममा रहेको बताइएको छ  ।

यसैगरी अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका– ३ र ५ जोडिने खाग्दल खोलामा रहेको बेलिबृज’ बाढीले बगाएको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १० : २२ बजे

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : बेनीमा सात जना सडकापेक्षीको उद्धार

म्याग्दी– मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान टोलीले

सहकारी प्रकरणमा धनराजबारे निरन्तर अनुसन्धान, अहिलेसम्म प्रमाण भेटिएन

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि ललितपुर महालक्ष्मीस्थानस्थित मितेरी बहुउद्देश्यीय

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

बाँके – १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेको

मोदीले ट्रम्पलाई भने- मेरो साथी ऐतिहासिक जितका लागि बधाई

नयाँदिल्ली- अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जीत तय भइसकेको छ।

झिनो अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब बढी 

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले घटेको छ