बेँसीसहर–चामे सडक अवरुद्ध | Khabarhub Khabarhub

बेँसीसहर–चामे सडक अवरुद्ध


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लमजुङ– पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । मस्र्याङ्दी गाउँपालिका–४ स्याँगेमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक मेघनाथ चापागाईले ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध भएको बताए । उनले सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए ।

यस सडकअन्तर्गत मनाङखण्ड भने यही १८ गते साँझदेखि अवरुद्ध रहँदै आएको छ ।

चामे गाउँपालिकास्थित तिमाङ खोलामा काठे पुल र सो नजिकै पक्की मोटरेवल पुल बाढीले बगाएपछि सवारी सञ्चालन हुन सकेको छैन । आवागमन रोकिँदा मनाङवासी समस्यामा परेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १० : २५ बजे

रुकुम पश्चिममा शतप्रतिशत रोपाइँ

त्रिवेणी– जिल्लाका छ वटै स्थानीय तहका धान उत्पादन हुने क्षेत्रमा

भूमिसम्बन्धी विधेयकको प्रतिवेदन समितिमा पेस

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि

यौनिक तथा लैंगिक अल्पसंख्यकको गाईजात्रा (तस्बिरहरू)

काठमाडौं– यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले पनि आइतबार गाईजात्रा मनाएका छन्

एजी एक्सप्रेसको कार्यालयमा चोरी

काठमाडौं– कार्गो ढुवानी (कुरियर) व्यवसाय सञ्चालन गर्दै आएको एजी एक्सप्रेसको

सामान्य प्रशासन मन्त्रालयले सञ्चालनमा ल्यायो ‘गुनासो व्यवस्थापन केन्द्र’

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नागरिकको गुनासो सुन्न