धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा « Khabarhub

धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको उत्तरी क्षेत्रस्थित गङ्गाजमुना गाउँपालिका–१ किचेतमा पहिरोले गाउँ नै जोखिममा परेको छ । गए राति वर्षासँगैआएको पहिरोले गाउँ जोखिममा परेको हो ।

गाउँमुनिबाट सुरु भएको पहिरोले करिब २० घर जोखिममा परेको स्थानीय पूर्ण तामाङले जानकारी दिए । ‘चारैतिरबाट पहिरोले घेरेको छ । गाउँभन्दा मुनिबाट जताततै छियाछिया बनेको छ । एउटा घरको शौचालय बगिसक्यो’, उनले भने, ‘गएराति १२ बजेतिर पानी प¥यो, घरसम्मै पहिरो आइपुगेपछि गाउँका कोही सुत्न पाएका छैनौँ ।’

मकैबारीको भित्रभित्रै चिरा परेको छ । गाउँमा बजारको जस्तै सबै जोडिएको झुरुप्प परेका घरहरु छन् । एउटा भत्किने बित्तिकै सबै भत्किने खालका घरहरु छन् । पहिरोको मुखमै परेको नोर्बु लामासहित तीन–चार परिवारले राति नै घर खाली गरेको तामाङले बताए ।

उनका अनुसार बस्तीभन्दा तल्लो भागबाट बारीका गराहरु भासिन थालेका छन् । जमिन चिरा परेर बग्न थालेको छ । पहिरो झर्ने सङ्केत देखिन थालेपछि स्थानीय त्रसित बनेका छन् ।

पहिरो झर्न थालेको भागमा बिजुलीको खम्बासमेत रहेकाले झनै खतरा बढेको जनाइएको छ । अन्नपात, लत्ताकपडा र महत्वपूर्ण सामान घरबाट निकालेर सुरक्षित स्थानतर्फ सार्ने तयारी गरिरहेको स्थानीयले बताएका छन् ।

किचेत गाउँमा विशेष गरी तामाङ समुदायको बसोबास छ । सो गाउँ जिल्ला सदरमुकाम धादिङबेँसीबाट करिब ५५ किलोमिटरको दूरीमा छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १० : ५१ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त