प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, साउन ६ मा पेसी | Khabarhub Khabarhub

प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, साउन ६ मा पेसी


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

प्रधानमन्त्रीमा ओलीको नियुक्ति बदर माग गर्दै अधिवक्तात्रय खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

अधिवक्ता यज्ञमणि न्यौपानेले प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध रिट दर्ता भएको बताएका छन् । अधिवक्ता न्यौपानेका अनुसार उक्त रिटमा ४० जना अधिवक्ताहरूले वकालतनामा दिएका छन् ।

संविधानको धारा ७६ (२) को गलत प्रयोग गरी प्रधानमन्त्रीको नियुक्ति गरिएको जिकिर रिटमा छ । ओलीको नियुक्ति बदर गरी संविधानको धारा ७६ (३) को प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेशसहितको परमादेश माग गरिएको उनले बताए । उक्त रिटको पेशी आगमी साउन ६ गते तोकिएको छ ।

‘संविधानको धारा ७६ (२) को गलत प्रयोग गरी संविधानविपरीतको कार्य गरियो । राष्ट्रपति कार्यालयको पत्रको आधारमा भएको नियुक्ति र शपथ बदर गरी ७६ (३) बमोजिमको प्रक्रिया पूरा गरी प्रधानमन्त्री नियुक्त गर्नु गराउनु भनी अन्तरिम आदेशसहितको परमादेश माग गरी रिट दायर भएको छ,’ अधिवक्ता न्यौपानेले भने ।

ओलीलाई गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । गत असार २८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्बाट विश्वास नपाएकाले अब धारान ७६ (३) अनुसार सरकार बन्नु पर्ने जिकिर गरिएको छ । जसअनुसार संसद्‍को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादु्र देउवा प्रधानमन्त्री हुन्छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ३ : १५ बजे

रसियाको स्पष्टीकरण- अमेरिकी चुनावमा हस्तक्षेप गरेको छैन

मस्को- अमेरिकी राष्ट्रपतिमा दोस्रो पटक रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी

जंगली हात्ती गाउँ पसेपछि स्थानीय त्रसित, धान र केराखेती नष्ट

चन्द्रपर – जिल्लाका विभिन्न गाउँमा जङ्गली हात्ती पस्न थालेपछी स्थानीय

यी मुख्य ६ कारण, जसले विश्वकै शक्तिशाली कुर्सीमा फर्किन सफल भए ट्रम्प

काठमाडौं- अमेरिकामा राष्ट्रपतिको कुर्सी दोस्रो पटक डोनाल्ड ट्रम्पको हातमा पुगेको

दोलखाको गौरिशंकरको उपाध्यक्षमा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो

काठमाडौं– स्थानीय तह उपनिर्वाचनमा दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसले

४ अर्बमा ह्यात रेजेन्सी लुम्बिनी बन्दै 

काठमाडौं– लुम्बिनीमा ४ अर्बको लागतमा ह्यात रेजेन्सी लुम्बिनी बन्ने भएको