प्रचण्डको समीक्षा – सरकारमा १८ महिने तेस्रो कार्यकाल सफल « Khabarhub

प्रचण्डको समीक्षा – सरकारमा १८ महिने तेस्रो कार्यकाल सफल


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो साढे १८ महिने कार्यकाल सफल भएको निष्कर्ष निकालेका छन् ।

सोमबार नेपाली कांग्रेससमेतको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिइसकेपछि दाहालले यसो भनेका हुन् ।
गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ समीकरण बनेपछि प्रचण्ड यही असार २८ तेस्रो कार्यकालको सत्ताबाट बिदा भएका थिए ।

उनले तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर मिलेको बताएका  छन् ।

‘मेरो नेतृत्वको सरकार सफल पार्न महत्वपूर्ण भूमिका खेल्नु हुने माननीय मन्त्रीज्यूहरू, सङ्घीय संसदका माननीय सदस्यहरू, संवैधानिक आयोगका पदाधिकारीज्यूहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायत सम्पूर्ण राजनीतिक दलहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकाय, स्वकीय र निजी सचिवालय टीम, निजी क्षेत्र, कानुन व्यवसायीहरू, बौद्धिक क्षेत्र, नागरिक समाज, सामाजिक संघसंस्था, अन्तर्राष्ट्रिय समुदाय, गैरआवासीय नेपालीहरू लगायत आम जनसमुदायमा सहृदय धन्यवाद व्यक्त गर्दछु’, उनले सोमबार भनेका छन् ।

दाहाल सोमबार शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएर खुमलटार फिरेका छन् । उनले खुमलटार पुगेपछि आफ्नो कार्यकालमा सघाउने सबैलाई धन्यवाद दिएका हुन् ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १ : ५२ बजे

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ