ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि निर्देशिका बनाइँदै « Khabarhub

ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि निर्देशिका बनाइँदै


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लाग नगर स्वास्थ्य केन्द्रले निर्देशिका बनाउन शुरु गरेको छ । नगरपालिकाअन्तर्गतको नगर स्वास्थ्य केन्द्रले ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर औषधोपचार गर्नका लागि निर्देशिका बनाइरहेको हो ।

नगर क्षेत्रभित्र रहेका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्करूपमा स्वास्थ्य सेवा प्रदान गर्ने गरी निर्देशिका निर्माण भइरहेको नगर स्वास्थ्य संयोजक इन्द्रराज शर्माले बताए । निर्देशिका निर्माण भएपछि कार्यविधि बनाएर काम थाल्ने उनको भनाइ छ । आगामी असोजको पहिलो हप्तादेखि ज्येष्ठ नागरिकको घरमै पुगेर निःशुल्करूपमा विशेषज्ञसहितको टोलीले औषधोपचार गर्ने शर्माले जानकारी दिए ।

नगर स्वास्थ्य केन्द्रले उच्च रक्तचाप, मधुमेह, दमलगायत नियमित उपचार गर्नुपर्ने रोगको निःशुल्क प्रयोगशाला परीक्षण र औषधोपचार गर्ने गरी कार्यविधि निर्माण गरिरहेको छ । केन्द्रको नयाँ कार्यक्रमअनुसार समुदाय लक्षित कार्यक्रम केन्द्रित गरिएको जानकारी दिँदै स्वास्थ्य संयोजक शर्माले समुदायलाई स्थानीय सरकारको अनुभूति हुने गरी काम भइरहेको बताए ।

गैँडाकोटको पितौजी स्वास्थ्य केन्द्रमा मात्रै रहेको भिडियो एक्स–रे सेवालाई गैँडाकोट स्वास्थ्यचौकीमा विस्तार गर्ने, २४ घण्टे प्रसूति सेवा, सबै प्रकारका खोपलाई भण्डारण गरेर राख्ने, अस्पतालजन्य फोहर व्यवस्थापनका लागि काम गर्ने गरी कार्यविधि निर्माण भएको शर्माले जानकारी दिए ।

पाठेघरको क्यान्सर र स्तनक्यान्सरको स्क्रिनिङ, नगरका १८ वटै वडामा चिकित्सक प्रयोगशालासहित निःशुल्क औषधोपचारका लागि घुम्ती शिविर, वातावरणीय स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको  जनाइएको छ। यस वर्षको समुदाय लक्षित नियमित र थप कार्यक्रमका लागि  ९५ लाख बजेट स्वीकृत भएको शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ११ : ३८ बजे

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद