दक्षिण चीन सागरमा पर्यावरणीय विनाश गरेका छैनौं : फिलिपिन्स « Khabarhub

दक्षिण चीन सागरमा पर्यावरणीय विनाश गरेका छैनौं : फिलिपिन्स


३१ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिलिपिन्सले दक्षिण चीन सागरमा पर्यावरणीय विनाश गरिरहेको भन्ने चिनियाँ आरोपको खण्डन गरेको छ ।

दक्षिण चीन सागरस्थित सेकेण्ड थोमस शोलमा फिलिपिन्सले रोकेर राखेको नौसैनिक युद्धपोतका कारण समुद्रमा पर्यावरणीय विनाश भइरहेको चीनले आरोप लगाएको थियो ।

दक्षिण चीन सागरस्थित फिलिपिनी कार्यदलले भने चीनले फिलिपिन्सविरुद्ध दुष्प्रचार गरिरहेको आरोप लगाएको छ । कार्यदलले सो युद्धपोतका कारण भएको भनिएको पर्यावरणीय क्षतिको स्वतन्त्र वैज्ञानिक अनुसन्धान हुनुपर्ने जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दक्षिण चीन सागरमा कृत्रिम टापुहरु बनाएर चीनले उल्टै समुद्री पर्यावरणको विनाश गरिरहेको फिलिपिन्सको आरोप छ ।

पछिल्लो समय दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच विवाद बढ्दै गइरहेको छ । चीनले दक्षिण चीन सागरको अधिकांश क्षेत्रमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ८ : २० बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको