अस्ट्रियाका व्यवसायीलाई भारतमा लगानी गर्न मोदीको आह्वान « Khabarhub

अस्ट्रियाका व्यवसायीलाई भारतमा लगानी गर्न मोदीको आह्वान


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्ट्रियाका व्यवसायीलाई भारतमा लगानी गर्न आह्वान गरेका छन् । अस्ट्रिया भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले त्यहाँका व्यवसायीलाई त्यस्तो आह्वान गरेका हुन् ।

राजधानी भियनामा प्रधानमन्त्री मोदी र अस्ट्रियाका चान्सलर कार्ल नेहम्मरले व्यवसायीलाई संयुक्त सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले दुई मुलुकबीच लगानीका पर्याप्त सम्भावनाहरू रहेको भन्दै भारतमा लगानी गर्न आह्वान गरेका हुन् ।

उनले पछिल्लो समय दुई मुलुकको कम्पनीबीच पूर्वाधार, नवीकरणीय ऊर्जा, नवीन प्रविधि, वित्तीय प्रविधिजस्ता क्षेत्रमा सहकार्य बढिरहेको समेत उल्लेख गरे । 

भारतीय समाचार संस्था एएनआईका अनुसार अस्ट्रियन चान्सलर नेहम्मरले भारतले पूर्वाधारको क्षेत्रमा तीव्र गतिमा विकास गरिरहेको उल्लेख गरेका थिए ।

सो अवसरमा चान्सलरले दुई मुलुकबीच थप आर्थिक सहकार्यको खाँचो औँल्याएको एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १२ : ३८ बजे

कालो पोसाकमा संसद् पुगे भारतका विपक्षी, पेपर लिक र विद्यार्थीमाथिको दमनविरुद्ध प्रदर्शन

काठमाडौं- भारतीय संसद्को मनसुन अधिवेशनका क्रममा बुधबार विपक्षी दलका सांसदहरूले

‘गुट होइन, क्षमता र योगदानका आधारमा कांग्रेस अघि बढ्नुपर्छ’

काठमाडौं– नेपाली कांग्रेसले बुधबार संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवस

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा

काठमाडौँ – केन्द्रको सत्ता गठबन्धन फेरबदल हुने भएपछि बागमती प्रदेशका

सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै गर्ने तयारी

बागमती– बागमती प्रदेश सरकारले यातयात सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ