किन लगाइन्छ साउनमा हरियो चुरा र मेहेन्दी ? « Khabarhub

किन लगाइन्छ साउनमा हरियो चुरा र मेहेन्दी ?


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


23.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज साउन १ गते । महिलाहरूले आफ्नो हातमा हरिया पहेँला चुरा, मेहेन्दी र त्यही अनुसार हरियै रंगको पहिरन लगाएर हिँडेको देखिन्छ । ।

परम्परागत रूपमा साउनलाई भगवान् शिवको महिनाका रूपमा मानिने गरिन्छ । यो महिनामा नदी वा तलाउको पवित्र जल शिवलाई अर्पण गरेमा कृपा मिल्ने धार्मिक मान्यता छ ।

यस महिनामा हिन्दु धर्मावलम्बीहरूले नजिकको शिवालयमा गई भगवान् महादेवलाई जल चढाउने परम्परा छ । यस क्रममा शिवलाई प्रसन्न पार्न बोलबम जाने, हरियो / पहेँलो रंगको कपडा धारण गर्ने परम्परा छ ।

यो महिना अधिकांश महिलाका हातमा मेहेन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ । त्यसमा अझ नेपाली हिन्दु नारीहरूका लागि साउन विशेष महत्वको मानिन्छ ।

अहिले साना बालिका, युवती, अधबैँसे नारी या वृद्धा सबैको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ ।

साउन लागेलगत्तै हिन्दु महिलामा छुट्टै उत्साह र उमंग छाएको हुन्छ । रातो, पहेंलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहल–पहल देखिन्छ ।

पछिल्ला वर्षमा बालिका र किशोरीमासमेत मेहेन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढ्दो छ । धेरैले यसलाई फेसनका रूपमा लगाएका छन् भने कतिले धार्मिक महत्त्व विश्वासमा यसो गरेका छन् ।

साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीक मानिन्छ ।

साउनमा चुरापोते र कपडासँगै हातभरि मेहेन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहेन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने विश्वास गर्ने पनि उत्तिकै छन् ।

त्यसैले साउनमा मेहन्दी हरियो चुरा पोतेको क्रेज कतिसम्म छ भने घरायसी महिलामात्रै नभएर कार्यालयमा काम गर्नेदेखि ड्युटीमा खटिएका महिला प्रहरीलेसमेत हरियो चुरा पोते लगाउँदै आएका छन् ।

धार्मिक विश्वास

धार्मिक मान्यताअनुसार साउन शिवको आराधना गर्ने महिनाका रूपमा लिइन्छ । पौराणिककालमा पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर ‘भगवान् शिव’लाई प्राप्त गरेको धार्मिक विश्वासको आधारमा महिलाहरूले यसलाई बढी महत्वको रूपमा लिने गर्छन् । साउनमा हरियो पहिरिँदा शिव खुसी हुने धार्मिक विश्वास छ ।

हरियो रङ सौभाग्यको प्रतीक हो । साउन हरियालीको महिना भएकाले प्रकृतिसँग आफूलाई जोड्न र नजिकिन पनि हरियो लगाउने गरिन्छ । शास्त्रमा प्रकृतिलाई ईश्वरको रूपमा लिइन्छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पूजा गरेमा आफ्नो र पतिको आयु बढ्ने धार्मिक विश्वास छ ।

साउनमा हरियोको महत्त्व 

साउनमा विवाहित महिलाले हरियो रंगको चुरा, पोते, सारी वा हरियो रंग धारण गर्दा परिवारमा खुसी बढ्ने तथा श्रीमानको भविष्यमा राम्रो प्रभाव पर्ने मान्यता छ ।

बुध ग्रहको प्रभाव व्यक्तिको भविष्य र व्यवसायमा रहने गर्दछ । यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो क्षेत्रमा सफल हुने विश्वास गरिन्छ । हिन्दु मान्यता र ज्योतिष शास्त्रअनुसार हरियो रंगलाई बुध ग्रहको प्रतीक मानिन्छ ।

तसर्थ, हरियो रंग धारण गर्दा बुध बलियो हुने विश्वास छ । बुध बलियो हुँदा मानिसले सन्तान सुख प्राप्त गर्ने तथा बुद्धि र समृद्धिलाई बढवा दिने मान्यता छ ।

भगवान् शिवलाई प्रसन्न पार्न र शिव कृपा पाउन पनि हरियो रंग धारण गर्ने चलन छ । शिव आफैंमा योगी भएकाले हरियो प्रकृति र यसको रंगले शिवलाई चाँडै प्रसन्न पार्ने विश्वास छ । तसर्थ महिलाहरू साउनमा हरियो मेहेन्दी, चुरा, पोते र साडी लगाउने गर्दछन् ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ६ : ३४ बजे

काभ्रे-१ मा शिक्षा र पूर्वाधारमा कायाकल्प गर्ने  गुणराजको संकल्प

काठमाडौं– यसपटकको संसद्‍मा पुराना दलका थुप्रै नेताहरूको अनुहार देख्न पाइने

ओलीको दाबी : बहुमत नआए पनि यो निर्वाचनबाट एमाले पहिलो पार्टी बन्छ

झापा– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका

खैबर पख्तुनख्वामा घातक विस्फोट

एजेन्सी– उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त सोमबार हिंसात्मक घटनाले पुनः

आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो : अध्यक्ष घिसिङ

चितवन– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१

रास्वपाका डोलप्रसाद अर्यालको चुनावी वाचापत्र सार्वजनिक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति र काठमाडौँ क्षेत्र