दुई वर्षपछि नेप्सेले २३ सयको विन्दु पार गर्‍यो, ९ अर्ब बढीको कारोबार « Khabarhub

दुई वर्षपछि नेप्सेले २३ सयको विन्दु पार गर्‍यो, ९ अर्ब बढीको कारोबार


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज –(नेप्से) ले २ वर्ष भन्दा बढी समय पछि २३ सयको विन्दु पार गरेको छ । मंगलबार नेप्सेले २ वर्षको उच्च विन्दुमा पुगेको छ । आज एकै दिन ७०.१८ अंकले नेप्से बढेसँगै नेप्से २ वर्ष बढी समयको उच्च विन्दुमा पुगेको हो । 

मंगलबार नेप्से ३.१३ प्रतिशतले बढेर २३१०.५९ विन्दुमा पुगेको छ । यो भन्दा अगाडि २०७९ साल वैशाख २९ गते नेप्से परिसूचक १३५०.४२७ विन्दुमा थियो । त्यस यताकै सबैभन्दा उच्च विन्दु आज मंगलबार भएको हो । 

आज नेप्सेमा उछाल आएसँगै कारोबारमा पनि उछाल आएको छ । आज एकै दिन ९ अर्ब बढीको कारोबार भएको छ । आज ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर किनबेच भएको छ । 

आज शेयर र कारोबारमा उछाल आउँदा जीवन बीमा एकै दिन ३१८.८५ अंकले बढेर ११०८६.३० विन्दुमा पुगेको छ । आज १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अन्य सबै समूहमा उछाल आएको छ । 

आज २३४ वटा कम्पनीको शेयर मूल्य बढ्दा ८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । आज १६ वटा कम्पनीको शेयर मूल्यमा भने ९ प्रतिशत भन्दा बढीले बढेको छ । ५ वटा शेयरमा भने ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ३ : १८ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी