दोलखामा सवारी जरिवानाबाट ६४ लाख राजस्व संकलन | Khabarhub Khabarhub

दोलखामा सवारी जरिवानाबाट ६४ लाख राजस्व संकलन


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले आर्थिक वर्ष २०८०/८१ को १२ महिनामा ६४ लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालयले आठ सय २४ वटा सवारी कारबाहीबाट ६४ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका इन्चार्ज ठाकुर प्रसाद भट्टराईले बताए ।

कार्यालयले गत आर्थिक वर्ष सवारी नियम उलङ्घन  गर्ने एक हजार ३४ वटा ट्रक कारबाहीबापत दश लाख छ हजार, एक हजार दुई सय ४५ वटा बस कारबाहीबापत दश लाख ४२ हजार पाँच सय, दुई हजार आठ सय ९६ वटा साना सवारी जिप कार कारबाहीबापत २२ लाख १७ हजार, ७४ वटा टेम्पो कारबाहीबापत ५५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरिएको प्रमुख भट्टराईले बताए ।

कार्यालयको वार्षिक तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ३५ वटा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ पुरुष र ४ महिला रहेका छन् ।

कार्यालय गत वर्ष तीन सय ४६ वटा दुर्घटना न्यूनीकरण तथा सचेतना कार्यक्रम संचालन गरेको थियो । जसमा ५१ हजार ३५ जना लाभान्वित भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार सवारी चालक, धनी तथा व्यवस्थापकलाई सवारी नियम उल्लङ्घन गरेमा ट्राफिक प्रहरीले कारबाही गर्न सक्नेछ।

दफा १६४ को उप-दफा १अनुसार ट्राफिक सङ्केत वा इशारा उल्लङ्घन गरी सवारी चलाएको, सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको, सवारी मोड्न वा ध्वनि सङ्केत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि सङ्केत दिएको, सडकमा गलत साइड तर्फबाट सवारी चलाएको, एकतर्फी सडकमा सो विपरीत सवारी चलाएको, अवस्था ठिक नभएको सवारी चलाएको र निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएको राती बत्ती नबाली सवारी चलाएको तथा मादक पदार्थ सेवन गरी सवारी चलाएको सवारी तथा चालकलाई कारबाही जरिवाना गर्ने व्यवस्था रहेको छ ।

-सुबास बस्नेत

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ४ : १० बजे

माओवादीको पक्षमा नयाँ लहर सुरु भएको छ : प्रचण्ड

चितवन– पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी

जर्मनमा आप्रवासीमाथि कडा प्रतिबन्ध लगाउने प्रस्ताव अस्वीकृत

बर्लिन– जर्मन संसदले अति दक्षिणपन्थी एएफडीले समर्थन गरेको आप्रवासी विधेयक

लोकतान्त्रिक समाजवाद संस्थागत गर्न सहकारी अध्यादेश : देउवा

काठमाडौं – पूर्वप्रधानमन्त्री एवम्‌ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीका

भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान

एजेन्सी – भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष सन्

महोत्तरीका क्षयरोगीलाई पोषणयुक्त खाद्य सहयोग

महोत्तरी– गरिबी र रोगले गाँजेका महोत्तरीका क्षयरोगीलाई पोषणयुक्त खाद्य सामग्री