दोलखामा सवारी जरिवानाबाट ६४ लाख राजस्व संकलन « Khabarhub

दोलखामा सवारी जरिवानाबाट ६४ लाख राजस्व संकलन


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले आर्थिक वर्ष २०८०/८१ को १२ महिनामा ६४ लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालयले आठ सय २४ वटा सवारी कारबाहीबाट ६४ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका इन्चार्ज ठाकुर प्रसाद भट्टराईले बताए ।

कार्यालयले गत आर्थिक वर्ष सवारी नियम उलङ्घन  गर्ने एक हजार ३४ वटा ट्रक कारबाहीबापत दश लाख छ हजार, एक हजार दुई सय ४५ वटा बस कारबाहीबापत दश लाख ४२ हजार पाँच सय, दुई हजार आठ सय ९६ वटा साना सवारी जिप कार कारबाहीबापत २२ लाख १७ हजार, ७४ वटा टेम्पो कारबाहीबापत ५५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरिएको प्रमुख भट्टराईले बताए ।

कार्यालयको वार्षिक तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ३५ वटा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ पुरुष र ४ महिला रहेका छन् ।

कार्यालय गत वर्ष तीन सय ४६ वटा दुर्घटना न्यूनीकरण तथा सचेतना कार्यक्रम संचालन गरेको थियो । जसमा ५१ हजार ३५ जना लाभान्वित भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार सवारी चालक, धनी तथा व्यवस्थापकलाई सवारी नियम उल्लङ्घन गरेमा ट्राफिक प्रहरीले कारबाही गर्न सक्नेछ।

दफा १६४ को उप-दफा १अनुसार ट्राफिक सङ्केत वा इशारा उल्लङ्घन गरी सवारी चलाएको, सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको, सवारी मोड्न वा ध्वनि सङ्केत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि सङ्केत दिएको, सडकमा गलत साइड तर्फबाट सवारी चलाएको, एकतर्फी सडकमा सो विपरीत सवारी चलाएको, अवस्था ठिक नभएको सवारी चलाएको र निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएको राती बत्ती नबाली सवारी चलाएको तथा मादक पदार्थ सेवन गरी सवारी चलाएको सवारी तथा चालकलाई कारबाही जरिवाना गर्ने व्यवस्था रहेको छ ।

-सुबास बस्नेत

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ४ : १० बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा