धरानमा रोकिएन मेयर र वडाअध्यक्षको द्वन्द्व, नगरसभा नहुँदा बजेट शून्यता | Khabarhub Khabarhub

धरानमा रोकिएन मेयर र वडाअध्यक्षको द्वन्द्व, नगरसभा नहुँदा बजेट शून्यता


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

धरान : धरान उपमहानगरपालिकामा मेयर हर्कराज राई र वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूबीचको विवाद अझै जारी छ ।

२०७९ वैशाख ३० गते निर्वाचित भएका सबै जनप्रतिनिधिहरूसँग मेयर साम्पाङले समन्वय गर्न नसक्दा एकपछि अर्को समस्या थपिँदै छ ।

वडाअध्क्ष र कार्यपालिका सदस्यहरूले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सहमति जनाएपछि नगरसभाको तयारी भएको थियो । सोमबार हुने गरी नगरसभा तयारी भए पनि करारका कर्मचारीको सम्झौता थप्ने विषयमा विवाद हुँदा मंगलबारदेखि धरानमा बजेट शून्य अवस्था आइपरेको छ ।

आर्थिक वर्षको अन्तिम दिन सोमबार पनि धरान उपमहानगरपालिकाको नगरसभा नभएपछि आजबाट त्यहाँ प्रशासनले कुनै किसिमको आर्थिक कारोबार गर्न नसक्ने अवस्था आएको छ ।

यसअघि प्रस्तुत बजेट नगर सभाले पास नगरेपछि धरान उपमहानगरमा अर्को संकट सुरु भएको हो ।

सोमबार राति ९ बजेसम्म जनप्रतिनिधिहरू नगरसभा हुने प्रतिक्षामा थिए । तर कार्यपालिका बैठकका ३ मध्ये १ निर्णयका रुपमा रहेको कर्मचारीको करार स्वतःनवीकरण हुनुपर्ने कार्यपालिका सदस्यहरूको अडानमा मेयर हर्क साम्पाङ सहमत हुन सकेनन्। त्यसपछि नगरसभा बस्न नसक्दा बजेट शून्य अवस्था सुरु भएको हो ।

नगरसभा नभएपछि धरान उपमहानगरका प्रवक्ता एवम् वडा नम्बर १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई ‘मनोज’ले निर्णय सच्याएर नगरसभा गर्ने प्रस्तावलाई सुन्दै नसुनी मेयर साम्पाङ हिँडेपछि समस्या भएको बताए ।

लोकसेवा आयोगले पदपूर्ति नगरून्जेल करारका कर्मचारीको अवधि नवीकरण गरेर जान मेयरलाई भनिएको थियो । तर मेयर साम्पाङले असार १० गतेको कार्यपालिकाको निर्णयलाई आफैंले केरमेट गरेका थिए । उनले त्यस निर्णयलाई केरमेट गरेर काम सन्तोषजनक नभएका करार कर्मचारीलाई हटाउने निर्णय भएको भनेर थपेका थिए । उक्त कदमलाई लिएर सोमबार दिउँसो कार्यपालिका बैठकमा विरोध गरिएको वडाअध्यक्ष भट्टराईले बताए ।

करारका कर्मचारीको करारनामा विधि-प्रक्रिया उल्लेख भएको, कार्य सन्तोषजनक नभए कारबाही गर्न सक्ने व्यवस्था भए पनि मेयर साम्पाङको लिँडेढिपीले नगरसभा नभएर बजेट शून्य अवस्था आएको भट्टराईले बताए ।

धरानमा कार्यपालिकाले बजेट पास गरिसकेकोछ। तर नगर सभाबाट बजेट अनुमोदन गर्नुपर्ने हुन्छ । मेयरले नगरसभा नगर्न चाहेपछि बजेट पास हुन नसकेको अध्यक्ष भट्टराई आरोप लगाए ।

सोमबार नगरसभा नभएपछि सदस्यहरूले नारा जुलुस पनि गरे। उता मेयर साम्पाङले नगरबासीलाई बजेट नरोकिने बताएका छन् । ‘नगरबासी हो, चिन्ता नलिनु, बजेट रोकिँदैन’, उनले भने, ‘२-४ जनाले रोक्दैमा बजेट रोकिँदैन । ढुक्क बस्नु बिकास र सेवा सुविधाको गति अझ तीव्र बनेर अघि बढ्छ ।’

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ५ : १० बजे

शिक्षा मन्त्रीले भने : शिक्षकसँग भएको नौबुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छौं

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकार र

प्रेस स्वतन्त्रता सुदृढ हुँदा मात्रै लोकतन्त्र हुन्छ : एनपी साउद

काठमाडौं – पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउदले

चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति भण्डारी भेटघाटमा व्यस्त

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नौदिने

अखिल क्रान्तिकारीले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला (तस्बिरहरू)

काठमाडौं – नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री