विराटनगरको दुग्ध वितरण आयोजनाले किसानलाई ३६ करोड तिर्न बाँकी « Khabarhub

विराटनगरको दुग्ध वितरण आयोजनाले किसानलाई ३६ करोड तिर्न बाँकी


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं विराटनगरस्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुग्ध कृषकहरूलाई करिब ३६ करोड रुपैयाँ दूधको बक्यौता तिर्नुपर्ने देखिएको छ । 

निजी डेरीको दूध तथा दुग्धजन्य पदार्थको मूल्य सस्तो भएकाले विराटनगर दुग्ध वितरण आयोजनाको उत्पादनको बिक्री घटेकाले दूधको बक्यौता तिर्न नसकिएको आयोजनाले जनाएको छ । आयोजनाको दूध प्रति लिटर ९८ रुपैयाँमा बिक्री गर्दै आएकोमा निजी डेरीले ९० रुपैयाँ प्रतिलिटरमा दूध बिक्री गर्दै आएको छन् । 

यसैगरी घिउको मूल्य प्रति किलो १ हजार २ सय रुपैयाँ रहेकोमा निजी डेरीले १ हजार रुपैयाँ प्रति किलोमा घिउ बिक्री गरिरहेको छ । अहिले सो आयोजनाले दैनिक करिब १९ हजार लिटर दूध खरिद गर्ने गरेको र उत्पादन थुप्रिँदा कोठा भाडामा लिएर दुग्ध उत्पादन राख्ने गरेको विराटनगर दुग्ध वितरण आयोजनाका निमित्त आयोजना प्रमुख परमेश्वर चौधरीले जानकारी दिए ।

उनले आर्थिक वर्ष ०८०-८१ मा ३६ करोड रुपैयाँ दूधको बक्यौता बाँकी रहेकोमा गत कार्तिक देखि दूधको पैसा तिर्न नसकिएको बताए ।

आयोजनाले पहिले दैनिक ८ देखि १० हजार लिटर दूध तथा दुग्धजन्य पदार्थ बिक्री गर्दै आएकोमा अहिले दैनिक ५ हजार लिटर मात्र दूध तथा दुग्धजन्य पदार्थ बिक्री हुने गरेको जनाएको छ । 

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ६ : ४० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना