उच्च अदालत जनकपुरधाममा हालसम्मकै बढी मुद्दाको फर्छ्यौट « Khabarhub

उच्च अदालत जनकपुरधाममा हालसम्मकै बढी मुद्दाको फर्छ्यौट


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– उच्च अदालत जनकपुरधाममा आर्थिक वर्ष २०८०-०८१मा हालसम्मकै सबै भन्दा बढी मुद्दाको फर्छ्यौट गरेको छ । 

उच्च अदालत जनकपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०८०-०८१ मा ६५ प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिइएकोमा ७१ प्रतिशत बढी मुद्दा फर्छ्यौट गरिएको जानकारी दिइएको छ । तोकेको लक्ष्यअनुसार उच्च अदालत जनकपुरले १६४.५७ प्रतिशतबढी मुद्दाको फर्छ्यौट गरेको हो । 

उच्च अदालतलाई ३ हजार ७ सय २६ मुद्दा फर्छ्यौट गर्न वार्षिक लक्ष्य तोकिएकोमा लक्ष्यभन्दा १ हजार ५ सय ३७ मुद्दा बढी फर्छ्यौट भएको उच्च अदालत जनकपुरधामका मुख्यन्यायाधीश श्रीकान्त पौडेलले जानकारी दिए । आर्थिक वर्ष २०८०-०८१मा २ हजार ९ सय ७६ मुद्दा सरी आएका र ४ हजार ४ सय २१ नयाँ मुद्दा दर्ता भई कुल ७ हजार ३ सय ९७ मुद्दा मध्ये ५ हजार २ सय ६३ मुद्दा फर्छ्यौट भएको उनले बताए । 

उच्च अदालतमा पुराना तथा नयाँ गरी २ हजार १ सय ३४ मुद्दा फर्छ्यौट हुन बाँकी रहेको उच्च अदालत जनकपुरधामका अर्का न्यायाधीश महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । 

उच्च अदालत जनकपुरधाममा जून सङ्ख्यामा मुद्दाको फर्छ्यौट गरेको छ त्यो देशका अन्य उच्च अदालतभन्दा बढी हुने अनुमान गरिएको छ । उच्च अदालत जनकपुरधामलाई भ्रष्टाचारमा शून्य सहनशीलताका साथ न्याय सम्पादनको काम भएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ७ : १५ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा