उच्च अदालत जनकपुरधाममा हालसम्मकै बढी मुद्दाको फर्छ्यौट | Khabarhub Khabarhub

उच्च अदालत जनकपुरधाममा हालसम्मकै बढी मुद्दाको फर्छ्यौट


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– उच्च अदालत जनकपुरधाममा आर्थिक वर्ष २०८०-०८१मा हालसम्मकै सबै भन्दा बढी मुद्दाको फर्छ्यौट गरेको छ । 

उच्च अदालत जनकपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०८०-०८१ मा ६५ प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिइएकोमा ७१ प्रतिशत बढी मुद्दा फर्छ्यौट गरिएको जानकारी दिइएको छ । तोकेको लक्ष्यअनुसार उच्च अदालत जनकपुरले १६४.५७ प्रतिशतबढी मुद्दाको फर्छ्यौट गरेको हो । 

उच्च अदालतलाई ३ हजार ७ सय २६ मुद्दा फर्छ्यौट गर्न वार्षिक लक्ष्य तोकिएकोमा लक्ष्यभन्दा १ हजार ५ सय ३७ मुद्दा बढी फर्छ्यौट भएको उच्च अदालत जनकपुरधामका मुख्यन्यायाधीश श्रीकान्त पौडेलले जानकारी दिए । आर्थिक वर्ष २०८०-०८१मा २ हजार ९ सय ७६ मुद्दा सरी आएका र ४ हजार ४ सय २१ नयाँ मुद्दा दर्ता भई कुल ७ हजार ३ सय ९७ मुद्दा मध्ये ५ हजार २ सय ६३ मुद्दा फर्छ्यौट भएको उनले बताए । 

उच्च अदालतमा पुराना तथा नयाँ गरी २ हजार १ सय ३४ मुद्दा फर्छ्यौट हुन बाँकी रहेको उच्च अदालत जनकपुरधामका अर्का न्यायाधीश महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । 

उच्च अदालत जनकपुरधाममा जून सङ्ख्यामा मुद्दाको फर्छ्यौट गरेको छ त्यो देशका अन्य उच्च अदालतभन्दा बढी हुने अनुमान गरिएको छ । उच्च अदालत जनकपुरधामलाई भ्रष्टाचारमा शून्य सहनशीलताका साथ न्याय सम्पादनको काम भएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ७ : १५ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते