साउने सङ्क्रान्तिमा सुनसान देवघाटधाम « Khabarhub

साउने सङ्क्रान्तिमा सुनसान देवघाटधाम


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.7k
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– साउने सङ्क्रान्तिमा हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने देवघाटधाम आज सुनसान देखिएको छ । संक्रान्तिका दिन बिहानैदेखि भक्तजन आएर यहाँ स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन छ । 

नारायणी नदीमा आएको बाढी र केही दिनअघि सिमलतालमा भएको बस दुर्घटनाका कारण आज साउने संक्रान्तिका दिन देवघाटमा भक्तजनहरुको उपस्थिती न्यून भएको यहाँ आएका भक्तजन एवं स्थानीयहरु बताउँछन् ।

भरतपुर महानगरपालिका–७ बाट देवघाटमा सङ्क्रान्ति स्नान गर्न आएका मोहिनीप्रसाद खनालले हरेक वर्षको साउने सङ्क्रान्तिमा भीडभाड लाग्ने देवघाटधाम यसपटक सुनसान देखिएको बताए। उनले आज यहाँ भीडभाड नदेखिनुको कारण मानिसमा बाढीपहिरोको डर एवं हालै भएको सिमलताल पहिरोको भय हुनसक्ने आँकलन गरे । 

उनले पहिरोमा परेकाको नदीमा शव भेटिँदा यहाँ आउन भक्तजन डराएको बताए। उनले भने, ‘यत्रा मान्छेहरु नुहाउन आउने ठाउँमा आज सुनसान छ, धाम अँध्यारो भएको छ ।’

लमजुङ घर भई हाल देवघाटमा बस्दै आएका सूर्यकान्त शर्माले यसपालिको सङ्क्रान्तिमा देवघाट शून्य भएको बताए । उनले अघिल्ला वर्षको सङ्क्रान्तिमा घुइँचो लाग्ने यहाँ आज फाट्टफुट्ट मात्र भक्तजन आएको जानकारी दिए। 

धादिङ घर भई चितवन बसोबास गर्दै आएका गोविन्दप्रसाद तिमिल्सिनाले आफू देवघाटमा प्रायः सधैँजसो आउने गरेको तर लगातारको बाढीपहिरो र सिमलताल घटना भएयता यहाँ आउने भक्तजन शून्य जस्तै भएको बताए ।

 

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ८ : ०४ बजे

शेरधनसँगको टसलमा एमालेबाट ‘निलम्बन गरिएका’ कृपाशुर गुन्डुमा केपी ओलीसँग देखिए

भोजपुर- कुनै बेला एकअर्काको राजनीतिक उचाइ र फाइदाका लागि कुममा

जेन-जीको बदनामी बढेपछि अभियन्ताको आक्रोश- ‘हामीलाई अपराधी करार नगरियोस्’ 

काठमाडौं– बुधबार नेकपा एमालेका नेता शकर पोखरेल र महेश बस्नेत

अलौकिक पाकडी वृक्ष जहाँ पुग्दा शान्ति मिल्छ

तिलोत्तमा– तिलोत्तमा वडा नं ४ कि नरमाया क्षेत्री शान्त ठाउँको खोजीमा

पुनः निर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बालेश्वरी मन्दिर

भारदेउ– धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय दृष्टिले आकर्षक स्थलका रूपमा परिचित

विश्वकप उपाधिबाट चुक्यो नेपाली महिला दृष्टिविहीन टोली, भारतसँग ७ विकेटले पराजित

काठमाडौं- श्रीलंकाको कोलम्बोमा भएको ‘पहिलो दृष्टिविहीन महिला टी-२० विश्वकप क्रिकेट