बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलन चर्कियो, तीन जनाको मृत्यु, ४०० भन्दा बढी घाइते « Khabarhub

बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलन चर्कियो, तीन जनाको मृत्यु, ४०० भन्दा बढी घाइते


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बङ्गलादेशमा सरकारी जागिरका लागि भएको हिंसात्मक झडपमा परी मङ्गलबार कम्तिमा तीन जनाको मृत्यु भने ४०० भन्दा बढी घाइते भएका छन् ।

बङ्गलादेशका प्रधानमन्त्री र सर्वोच्च अदालतले विद्यार्थीहरूलाई कक्षामा फर्कन गरेको आह्वानलाई बेवास्ता गर्दै प्रदर्शनकारीहरूले विरोध जारी राखेका छन् ।

सरकारले योग्यतामा आधारित योजना ल्याउनुपर्ने माग राख्दै विद्यार्थीहरूले हप्ता दिनदेखि दैनिक विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूले सरकारले छुट्याएको आरक्षणमा निश्चित समूहले मात्रै लाभ लिइरहेको भन्दै त्यसलाई हटाउन माग गरिरहेका छन् ।

यस व्यवस्थाले सन् १९७१ मा भएको पाकिस्तान मुक्ति युद्धताका महत्वपूर्ण योगदान गरेका राष्ट्र नायकहरूका सन्तानहरूसहित विशिष्ट समूहहरूका लागि निजामती सेवामा आधाभन्दा बढी सिट आरक्षित गरिएको छ ।

यस प्रणालीले सरकार समर्थक समूहका बच्चाहरूलाई फाइदा पुर्‍याउँछ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ८ : ३९ बजे

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक