नेपालको हिमाल राखेर कोहलीले भारतको प्रचार गरेपछि सामाजिक सञ्जालमा आक्रोश « Khabarhub

नेपालको हिमाल राखेर कोहलीले भारतको प्रचार गरेपछि सामाजिक सञ्जालमा आक्रोश


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको हिमालको भिडियो राखेर भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीले भारतको प्रचार गरेपछि नेपालीले आक्रोश व्यक्त गरेका छन्।

सगरमाथा क्षेत्रको भिडियो राख्दै कोहलीले भारतको प्रचारात्मक भिडियो बनाएपछि उनको पोस्टमा नेपालीले आक्रोश पोखेका हुन्।

कोहलीले भारतको प्रचारात्मक भिडियो बनाउँदा सुरुमै नेपालको हिमालको दृश्यलाई राखेर इन्डिया, भारत, हिन्दुस्थान भन्दै भारतको प्रचार गरेका हुन्। उनले प्रकृतिक सुन्दरतासँगै प्रजातन्त्र, क्रिकेट, बलिउड, छिटो विकास भइरहेको अर्थतन्त्रका लागि भारत चर्चित भएको बताएका छन्। यो विषयमा नभएर नेपालीले हिमालको भिडियो राखेकोमा आक्रोश व्यक्त गरेका हुन्

धेरैजनाले उक्त भिडियोमा देखाइएको हिमाल नेपालको भन्दै सच्याउन माग पनि गरेका छन्। अनन्या कार्कीले नेपालको सोलुखुम्बुमा रहेको हिमाल भारतको भन्दै देखाएको भन्दै विराटको आलोचना गरेकी छन्। उनले सगरमाथा नेपालको शान भएको भन्दै यसमा विराटले लाज मान्नुपर्ने

उनले सगरमाथा नेपालको शान भएको भन्दै यसमा विराटले लाज मान्नुपर्ने प्रतिक्रिया दिएकी छिन्। भगवान बुद्ध र सीता पनि नेपालमै जन्मिएका तर भारतले आफ्नो देशमा जन्मिएका भन्ने गरेको भन्दै त्यसको पनि खण्डन गरेकी छन्।

यस्तै विकास पौडेलले नेपालको हिमाललाई भारतको भनेर खेलाडीलाई गलत सन्देश
नदिन आग्रह गरेका छन्।

सुशान्तले नेपाल पूर्वी भेगमा रहेको छुलु हिमाललाई भारतको भनेर देखाइएको भन्दै विराटप्रतिको आफ्नो सम्मान हटेको बताएका छन्। उनले आफूलाई थाहा नभएका कुरा सामाजिक संजालमा पोष्ट नगर्न पनि अनुरोध गरेका छन्। अर्जुन देउवाले चेतावनीको शैलीमा छुलु नेपालको भएको भन्दै भारतको भनेर प्रचार नगर्न भनेका छन्।

श्रीधर पौड्यालले भने विराटप्रति आफ्नो सम्मान रहेको तर भिडियोमा देखाइएको हिमाल नेपालको भन्दै यो भिडियो बनाउनेको गल्ती भएको बताएका छन्। उनले नेपालको गौरवलाई आफ्नो नभन्न पनि चेतावनी दिएका छन्।

तिलक लामिछानेले विराटलाई आफ्नो देशको भूगोल बारे ज्ञान नभएको भन्दै गाली
गरेका छन्।

विवादित भिडियो

 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ९ : ३८ बजे

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको