चेन्नईलाई रुसको भ्लादिभोस्तोक बन्दरगाहसँग जोडिन्छ : मोदी « Khabarhub

चेन्नईलाई रुसको भ्लादिभोस्तोक बन्दरगाहसँग जोडिन्छ : मोदी


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको चेन्नई बन्दरगाहलाई रुसको भ्लादिभोस्तोक बन्दरगाहसँग जोड्ने समुद्री करिडोरको विकास भइरहेको जनाएका छन् ।

प्रधानमन्त्री मोदीले भारत ‘विश्वबन्धु’ का रुपमा विश्वका सबै मुलुकको मित्र बन्न चाहेको उल्लेख गरे ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले संकटमा परेका संसारका हरेक मुलुकलाई सहयोग गर्न पनि भारत तयार रहेको बताए ।

दुई वर्षअघि उत्तर दक्षिण परिवहन करिडोरमार्फत् रुसमा पहिलो व्यवसायिक सामग्री पठाइएको भन्दै अब चेन्नई–भ्लादिभोस्तोकको पूर्वी करिडोरको विकासमा भारत र रुस प्रतिबद्ध रहेको उनको भनाइ छ ।

भारतले संसारमा स्थिरता र समृद्धिको सञ्चार प्रवाह गरिरहेको भन्दै प्रधानमन्त्री मोदीले आफ्नो मुलुक सदैव शान्ति, वार्ता र कूटनीतिको पक्षमा रहेको पनि उल्लेख गरे ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ११ : ५५ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२