न्यूरोडमा फुटपाथ निर्माण : भत्काइयो, पुरियो, फेरि भत्काइयो (तस्बिरहरू) « Khabarhub

न्यूरोडमा फुटपाथ निर्माण : भत्काइयो, पुरियो, फेरि भत्काइयो (तस्बिरहरू)



काठमाडौं-  पाटन उच्च अदालतको आदेशपछि काठमाडौं महानगरपालिकाले न्यूरोड (नयाँ सडक)मा सडकपेटी (फुटपाथ) फराकिलो बनाउने कामलाई फेरि अघि बढाएको छ ।

महानगरपालिकाले न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ विस्तारलाई बुधबार बिहानैदेखि फेरि सुचारु गरेको हो ।

यसअघि डिभिजन सडक कार्यालय, काठमाडौंले रोकेपछि महानगरपालिका उच्च अदालत पुगेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले महानगरपालिकाको मागअनुसार अन्तरिम आदेश दिएपछि फुटपाथ विस्तार अघि बढाउने बाटो खुलेको हो ।

सडकलाई पैदलयात्रुमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो ।

जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौंले भौतिक रुपमा हस्तक्षेप गरेपछि विवाद भएको थियो ।

यसपछि काम रोक्नका लागि जेठ १३ गते र १६ गते गरी २ वटा पत्र सडक विभागले महानगरलाई पठाएको थियो ।

डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  १२ : ५१ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा