म्याग्दीमा ७४ हेक्टर क्षेत्रफलमा सिँचाइ विस्तार, किसान खुसी | Khabarhub Khabarhub

म्याग्दीमा ७४ हेक्टर क्षेत्रफलमा सिँचाइ विस्तार, किसान खुसी


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी जिल्लामा एक वर्षको अवधिमा ७४ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ। खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८०-८१ मा निर्माण गरेको आयोजनामार्फत सिँचाइ सुविधा विस्तार भएको हो । 

कार्यालयका प्रमुख झलकमोहन ओझाले ३४  योजनामार्फत ७४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको बताए।

‘म्याग्दीको खेतीयोग्य जमिनमा सिँचाइ सुविधाको पहुँच बढ्दै गएको छ,’ उनले भने, ‘सिँचाइ सुविधा भएपछि आकाशे पानीका भरमा खेती गर्नुपर्ने किसानको समस्या हटेको छ ।’

कार्यालयका सव इञ्जिनीयर अञ्जन खत्रीले गत आर्थिक वर्षमा आठ हजार नौ सय ४४ मिटर पक्की नहर निर्माण र एघार हजार ४७ मिटर पाइपलाइन जडान भएको जानकारी दिए। ती योजनाबाट नौ हजार सात सय ४९ जना किसान लाभान्वित भएका उनले बताए। 

धवलागिरि गाउँपालिका–७ को हिलापोखरी सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष रमेश पौडेलले पक्की नहर बनेपछि बारी बनाएर कोदो रोप्न थालिएको खेतलाई यसपाली किसानले धान रोपाइँ गरेको बताए। 

गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाख बजेटबाट हिलापोखरीमा पाँच सय ६५ पक्की नहरसहितको सिँचाइ आयोजना निर्माण भएको थियो । 

गत आर्थिक वर्षमा कुल १६ करोड १४ लाख २५ हजार पुँजीगत बजेट भएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले ९२ प्रतिशत अथवा १४ करोड ८२ लाख ८३ हजार खर्च गरेको जनाएको छ ।  

कृषि ज्ञान केन्द्र म्याग्दीको गत आर्थिक वर्षको तथ्यांक अनुसार कूल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा १९ हजार चार सय १९ अथवा ६३ प्रतिशतमा खेती भएको छ । कूल ११ हजार तीन सय ५४ हेक्टर अथवा ३७ प्रतिशत जमिन बाँझो छ । 

खेती भएकोमध्ये ३० दशमलव ८४ प्रतिशत अथवा छ हजार १३ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । एक हजार छ सय १३ हेक्टरमा बाह्रैमहिना र चार हजार तीन सय ३३ हेक्टरमा मौसमी सिँचाइ सुविधा छ । 

खेती भएकोमध्ये ६९ दशमलव १६ प्रतिशत अथवा १३ हजार चार सय ८५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छैन । 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  १ : २४ बजे

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी

गृहले प्रजिअहरूलाई भन्यो : देशमा सुरक्षा चुनौती बढेको छ, सीमाक्षेत्रमा पनि सतर्क रहनू

काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न