परराष्ट्रमन्त्री राणालाई भेटेर चिनियाँ राजदूतले दिए बधाई « Khabarhub

परराष्ट्रमन्त्री राणालाई भेटेर चिनियाँ राजदूतले दिए बधाई


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत चेन सोङले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बुधबार भेटवार्ता गरेका छन् । 

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा आपसी सहकार्य र द्विपक्षीय हितका विषयमा कुराकानी भएको छ ।

भेटमा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेको एकदिनपछि उनले परराष्ट्रमन्त्री राणासँग भेट गरेका हुन् ।

मन्त्री डा. राणा देउवासँग भेट भएको तस्वीर सार्वजनिक गर्दै राजदूत सोङले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको उल्लेख गरेका छन् । 

उनले नेपाल–चीन ७० वर्ष लामो कूटनीतिक सम्बन्ध डा. राणा देउवाको पालामा अझ प्रगाढ हुने विश्वास आफूले राखेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  २ : ५३ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल