एमएच१७ विमान खसालिएको घटनामा रुसलाई जवाफदेही बनाउने अस्ट्रेलियाको प्रतिवद्धता « Khabarhub

एमएच१७ विमान खसालिएको घटनामा रुसलाई जवाफदेही बनाउने अस्ट्रेलियाको प्रतिवद्धता


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अस्ट्रेलियाले बुधबार सन् २०१४ मा झन्डै ३०० जनाको ज्यान जाने गरी मलेसियन एयरलाइन्सको एमएच-१७ विमान खसालिएको घटनामा रुसलाई जवाफदेही बनाउने प्रतिबद्धता जनाएको छ। 

सन् २०१४, १७ जुलाई मा एम्स्टर्डमबाट क्वालालम्पुर जाँदै गरेको बोइङ-७७७ विमानलाई पूर्वी युक्रेनमा रूसद्वारा निर्मित हवाई मिसाइल प्रहार गरेर खसालिएको थियो । 

विमानमा सवार ३८ जना अस्ट्रेलियाली नागरिकसहित सबै दुई सय ९८ जनाको मृत्यु भएको थियो। 

क्यानबेरामा विमान आक्रमणमा मृत्यु भएकाको सम्झनामा आयोजित स्मारक समारोहमा विदेशमन्त्री पेनी वोङले शोकाकुल आफन्तहरूलाई भने, ‘रुसलाई जवाफदेही बनाउने प्रतिबद्धतामा अष्ट्रेलिया विचलित हुने छैन ।’

अस्ट्रेलिया र नेदरल्यान्ड्सको संयुक्त राष्ट्र संघीय एजेन्सी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनमा रुसविरुद्ध मुद्दा चलिरहेको छ। 

रुसले घटनामा कुनै पनि संलग्नता अस्वीकार गरेको छ । विमान दुर्घटनामा आफ्ना आमाबाबु गुमाउने पल गार्डले विगत १० वर्ष निकै लामो समय रहेको र रुसलाई यस घटनाको लागि जवाफदेही बनाउनुपर्ने चाहना व्यक्त गरे ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  २ : ५२ बजे

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत