क्रिमियामा ३३ युक्रेनी ड्रोन र १० सैनिक ड्रोन खसालेको रुसको दाबी « Khabarhub

क्रिमियामा ३३ युक्रेनी ड्रोन र १० सैनिक ड्रोन खसालेको रुसको दाबी


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसले क्रिमियामा ३३ युक्रेनी ड्रोन र प्रायद्वीपतर्फ गइरहेका १० नौसैनिक ड्रोन खसालेको मस्कोको रक्षा मन्त्रालयले जनाएको छ ।

ड्युटीमा रहेका वायु रक्षा प्रणाली नष्ट गरी क्रिमियामा हवाई ड्रोनहरू रोकेको मन्त्रालयले टेलिग्राम पोस्टमार्फत जनाएको हो । ब्लाक सी मा  रहेका सेनाहरूले क्रिमियन प्रायद्वीपतर्फ गइरहेका नौसेना ड्रोनहरू नष्ट गरेको टेलिग्राम पोस्टले प्रष्ट पारेको छ ।

सेभास्तोपोलका गभर्नर मिखाइल रजभोजायेभले बिहीबार क्रिमियन सहरको गतिविधि रूसी सेनाको आक्रमणको विरुद्धको बदला सँग जोडिएको बताए ।

रुसी अधिकारीहरूका अनुसार गत महिनाको अन्त्यमा मस्कोले युक्रेनमा अमेरिकी मिसाइल प्रयोग गरी क्रिमियामा घातक आक्रमण गरेको आरोप लगाएको थियो जसमा चार जनाको मृत्यु भएको थियो भने १५० भन्दा बढी घाइते भएका थिए ।

रूसी रक्षा मन्त्रालयका अनुसार पश्चिमी रुसको ब्रायन्स्क क्षेत्रमा  गए राती थप दुईवटा ड्रोनलाई निष्क्रिय पारिएको जनाउदै कुनै हताहत वा क्षति नभएको  स्थानीय गभर्नर अलेक्जान्डर बोगोमाजले उल्लेख गरेका छन् ।  

युक्रेनले पछिल्लो समय रूसी क्षेत्रमा आक्रमण बढाई आपूर्ति केन्द्र, ऊर्जा केन्द्रका साथै सीमापारका सहर, गाउँ र क्रिमियामा लक्षित गरेको छ ।

सन् २०२२ फेब्रुअरीमा द्वन्द्व सुरु भएदेखि दुवै पक्षले व्यापक रूपमा ड्रोन लगायतका सैन्य उपकरणको प्रयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ५ : ०१ बजे

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको

ढुक्कु हुनुस् सरकारले लालपुर्जा दिन्छ : मन्त्री रावल

कञ्चनपुर – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री