सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न सकिएन : मन्त्री भण्डारी « Khabarhub

सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न सकिएन : मन्त्री भण्डारी


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न नसकिएको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा उनले भने, ‘अरु मुलुकमा सुर्तीजन्य पदार्थमा ७५ प्रतिशतभन्दा माथि कर लगाएका छन् तर हामीले ती मुलुकका अभ्यास अवलम्बन गर्न सकेका छैनौँ । सुर्तीजन्य  पदार्थको प्रयोगले स्वास्थ्यमा असर गर्ने भएकाले यसलाई निरुत्साहित गर्न जरुरी छ । यसलाई विशेष प्राथमिकताका साथ न्यूनीकरण गर्न राज्यको नीति आवश्यक छ ।’

सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धि सम्बन्धमा भएको छलफलमा मन्त्री भण्डारीले सुर्तीजन्य उद्योगले रोजगारी दिइरहेको, यस क्षेत्रबाट राजस्व बढी प्राप्त भएकाले तत्काल उद्योग बन्द गर्न नसकिए तापनि यसको प्रयोग कम गर्न सचेतना तथा कर वृद्धि गर्न सकिने बताए ।

समितिको बैठकमा चिनी उद्योग तथा उखु किसानका समस्या समाधान सुझाव उपसमितिका संयोजक कृष्णकुमार श्रेष्ठले प्रतिवेदन पेस गरे। त्यसैगरी स्पञ्ज आइरन, विलेट्सको भन्सार महशुल, अन्तःशुल्क तथा उद्योगको अध्ययन अनुगमन उपसमितिका संयोजक रेखा यादवले प्रारम्भिक प्रतिवेदन पेस गरे।

समितिले नेपालमा खैनी, गुट्खाजस्ता सुर्तीजन्य उद्योगलाई आवश्यक कच्चापदार्थ आयात तथा निर्यातको विवरण आपूर्ति मन्त्रालयबाट माग्ने निर्णय भएको समितिका सभापति अब्दुल खानले जानकारी गराए ।

चुरोटमा प्रयोग हुने फ्लेभर, क्याप्सुल तथा ट्याबलेटजस्ता नसालु पदार्थका कारण क्यान्सर जस्तो गम्भीर रोग लाग्ने भएकाले यस्ता पदार्थको उत्पादन, आयात तथा प्रयोग निरुत्साहित गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिने, नेपालमा आयात हुने सुपारीलाई ‘काउन्टर भ्यालिङ ट्याक्स’ लगाइ सोबापतको रकम किसानलाई प्रोत्साहनस्वरुप उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिले गरेको छ ।

झापा, सुनसरी र मोरङको स्थलगत अनुगमनपश्चात् पेस गरिएको प्रतिवेदन परिमार्जनसहित सर्वसम्मतिले पारित गर्ने, चिनी उद्योग तथा उखु किसानका समस्या समाधान सुझाव उपसमितिको प्रतिवेदन पारित गर्ने निर्णय बैठकले गरेको छ । 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ६ : १९ बजे

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ