म्याग्दीका एक लाख १३ हजार पशुलाई खोप लगाइयो | Khabarhub Khabarhub

म्याग्दीका एक लाख १३ हजार पशुलाई खोप लगाइयो


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीका कृषकले पालेका एक लाख १३ हजार पशुलाई खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धि गर्न जिल्लाका छ वटै स्थानीय तहका कृषकले पालेका पशुलाई खोप अभियान सञ्चालन गरेको हो । 

आर्थिक वर्ष २०८०-८१ मा पशुमा पूर्ण खोप कार्यक्रममार्फत एक लाख १३ हजार तीन सय ११ गाईभैँसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोग विरुद्धको छ प्रकारका खोप लगाइएको केन्द्रका पशुसेवा प्राविधिक गणेश रिजालले जानकारी दिए। 

१५ हजार एक सय ९८ गाई र २३ हजार दुई सय ७१ भैँसीलाई खोरेत विरुद्धको एफएमडी र आठ हजार छ सय गाईगोरुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । पाँच हजार दुई सय ५० गाई, भैँसीलाई भ्यागुते र चरचरे विरुद्धको एचएसबीक्यु खोप लगाइएको छ । 

४४ हजार तीन सय ३८ बाख्रा र ११ हजार तीन सय ७९ भेडालाई पीपीआर विरुद्धको खोप लगाइएको पशुसेवा प्राविधिक रिजालले बताए । यसैगरी तीन हजार सात सय ४७ कुकुर र ७८ बिरालोलाई रेबिज विरुद्धको एआरभी खोप लगाइएको छ । 

कृषकका पशु फार्म तथा गोठमा पुगेर पशुचौपायाको तथ्यांक संकलन, खोपकर्ता नियुक्ति, जनप्रतिनिधि र अगुवा कृषकलाई अभिमुखीकरण गरी खोप लगाउन एक सय १८ जना प्राविधिक परिचालन गरिएको थियो । 

पशुजन्य रोगको महामारीको जोखिममा रहेका बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा दुई चरणमा खोप अभियान सञ्चालन भएको भेटेरिनरी अस्पतालले जनाएको छ । पूर्ण खोप अभियानका लागि एक वडामा भूगोल र पशुसङ्ख्याको आधारमा दुईदेखि तीन जना प्राविधिक र खोपकर्ता परिचालन गरिएको थियो । पशुलाई महामारीजन्य रोगबाट बचाउन खोप प्रभावकारी रहेको पशु प्राविधिकहरू बताउँछन् । 

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय, खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बनेको केन्द्रका प्रमुख डा भरत रेग्मीले बताए ।

गण्डकी प्रदेश सरकारले सङ्क्रामक रोग निर्मूल पार्ने योजनाअनुसार प्रदेशलाई पूर्णखोपयुक्त बनाउन ११ जिल्लामा पछिल्लो तीन वर्षयता प्राथमिकताका साथ पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको छ । 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ६ : ४३ बजे

प्रधानमन्त्रीले यति धेरै हल्का टिप्पणी गर्न शोभनीय हुँदैन : रेखा शर्मा

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का सांसद रेखा शर्माले प्रधानमन्त्री केपी शर्मा

अन्तरिक्षसम्बन्धी नियमहरू सजिलो बनाउन ट्रम्पको आदेश

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्ना पूर्वसल्लाहकार एलन मस्कलाई

रविलाई राखिएको कोठामा प्लाइ हटाएर जाली राखियो 

काठमाडौं– कारागार कार्यालय रूपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व

कैलाली र कञ्चनपुरमा ‘जनता आवास कार्यक्रम’अन्तर्गत २० घर निर्माण

अत्तरिया– सहरी विकास तथा भवन कार्यालय कैलालीले ‘जनता आवास कार्यक्रम’

बिटक्वाइनको कारोबारमा उच्च वृद्धि

टोकियो- अनुकूल अमेरिकी कानून र शेयरबजारमा भएको वृद्धिका कारण बिटक्वाइनले