रुवान्डाको राष्ट्रपतिमा पुनः कागामे « Khabarhub

रुवान्डाको राष्ट्रपतिमा पुनः कागामे


३ श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  रुवान्डाका शक्तिशाली राष्ट्रपति पल कागामे चौथो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । बिहीबार प्रकाशित अन्तिम  निर्वाचन परिणामअनुसार उनले ९९ दशमलव १८ प्रतिशत मत हासिल गरेका छन्  । 

कागामेले तीन दशकसम्म वास्तविक नेता र राष्ट्रपतिका रूपमा रुवान्डामा शासन गरिरहेका छन् । तर पछिल्लो निर्वाचनमा ६६ वर्षीय कागामे सात वर्षअघिको निर्वाचनको भन्दा पनि बढी अन्तरले निर्वाचित भए । अघिल्लो निर्वाचनमा उनले ९८ दशमलव ७९ प्रतिशत मत प्राप्त गरेका थिए । 

राष्ट्रिय निर्वाचन आयोगका अनुसार डेमोक्रेटिक ग्रीन पार्टीका नेता फ्र्याङ्क अबिनेजाले सोमबार भएको मतदानमा शून्य दशमलव पाँच प्रतिशतमात्र मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार फिलिप मपेइमानालाई शून्य दशमलव ३२ प्रतिशत मत हासिल भएको छ । 

धेरै विपक्षीहरूलाई प्रतिबन्ध लगाइएपछि यस वर्ष उम्मेदवार हुन स्वीकृत यी दुई जनाले सन् २०१७ को निर्वाचनमा पनि कागामेलाई चुनौती दिएका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ६ : ५७ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६