भ्रष्टाचारविरुद्ध पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन « Khabarhub

भ्रष्टाचारविरुद्ध पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा पूर्वाधार निर्माणका क्रममा चरम भ्रष्टाचार हुने गरेको पाइएको छ ।

गिल्गिट बाल्टिस्तानको सार्वजनिक निर्माण कार्य विभागले औपचारिक प्रक्रिया नै पूरा नगरी ठेक्का लगाएको भन्दै ठेकेदारहरुले प्रदर्शन गरेका छन् ।

विभागका भ्रष्ट कर्मचारीहरुले स्वार्थका आधारमा नजिकका साझेदारहरुलाई ठेक्का दिने गरेको विभागको कार्यालयअगाडि प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीले भौतिक संरचना निर्माणका लागि विभागले ठेक्काको सूचना जारी गर्ने भएपनि आवेदन दिन जाँदा ती ठेक्का यसअघि नै निर्धारित भइसकेको सूचना दिइने गरेको आरोप लगाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार प्रदर्शनकारीले विभागमा हुने गरेको भ्रष्टाचारका विषयमा सबै सरोकारवालाहरु चुप लागेर बसेको आरोप पनि लगाएका छन् ।

उनीहरुले विभागका भ्रष्ट कर्मचारीलाई तत्कालै बर्खास्त गरेर नयाँ कर्मचारी भर्ना गर्नसमेत प्रान्तका मुख्यसचिवसँग माग गरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  ८ : ५५ बजे

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन

पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी

काठमाडौँ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने

माइतीघरमा जलेर घाइते युवतीको वीर अस्पतालमा उपचार जारी

काठमाडौँ- काठमाडौँको माइतीघरमा मंगलबार साँझ आफैलाई आगो लगाएर घाइते भएकी

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र