जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता « Khabarhub

जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । स्याली खोलाले बगाउँदा बारेकोट गाउँपालिका–३ बुढागाउँका भक्तबहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा बेपत्ता भएका हुन् ।

आज दिउँसो गोठालो गएका बेला खोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कर्णालीका चार जिल्लामा सडक अवरुद्ध

कर्णाली प्रदेशका चार जिल्लामा सडक अवरुद्ध भएका छन् । डोल्पा, हुम्ला, कालीकोट र रुकुमपश्चिममा भारी वर्षाका कारण सडक अवरुद्ध भएका हुन् ।

भेरी करिडोरअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलगाड ५ को साङ्लेखोलामा पानीको मात्रा बढेका कारण सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

कर्णाली करिडोरअन्तर्गत हुम्लाको सार्केगाड गाउँपालिका–१ खच्चा, तुम्च, वडा नं ४ का विभिन्न ठाउँमा, खार्पुनाथ गाउँपालिका–१ सुनाखडादेखि लालीबगरसम्म सुक्खा पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

भेरी करिडोरमा पर्ने रुकुमपश्चिमको आठबीसकोट–६ रिजिगारमा सडक अवरुद्ध छ । कर्णाली करिडोरको कालीकोटको पचालझरना गाउँपालिका–८ लाफामा पहिरो जाँदा सडक अवरुद्ध भएको पौडेलले जानकारी दिए । अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको उनले जानकारी दिए।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  १० : ४० बजे

मकवानपुरमा भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा वितरण

काठमाडौं– मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ जना भूमिहीन दलित तथा

तनहुँका एक हजार ८९५ घरमा विद्युत् विस्तार

दमौली– नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२-८३

युक्रेनलाई अमेरिकी हतियार खरिदमा ईयुको सहयोग

ब्रसेल्स- युरोपेली सङ्घ (ईयु) ले युक्रेनलाई अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रलगायत हतियार खरिद गर्न

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले