संसद भवन निर्माणको ढिलाइबारे सभामुखको असन्तुष्टि, मन्त्रीसहित सचिवसँग छलफल गर्दै | Khabarhub Khabarhub

संसद भवन निर्माणको ढिलाइबारे सभामुखको असन्तुष्टि, मन्त्रीसहित सचिवसँग छलफल गर्दै


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं निर्माणाधिन संसद भवनको ढिलाइबारे सभामुख देवराज घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन् ।

साउन २ गते अपरान्ह ४ बजे पूर्व जानकारी बिना (आकस्मिक) सभामुख निर्माणाधीन संसद् भवन पुग्दा कामदारको सङ्ख्या न्यून रहेको र पाँचौ पटक संसद् भवनको निरीक्षण गर्न पुगेका सभामुखले निर्माण प्रगतिबारे सन्तुष्ट हुन नसकिएको प्रतिक्रिया दिएका थिए । 

तीन सिफ्टमा काम गर्ने भनिएको डेढ वर्ष पुग्दा पनि एक सिफ्टमै काम भइरहेको पाइयो। ८२ प्रतिशत निर्माण प्रगति भनिए पनि संरचनाले त्यस्तो पुष्टि गर्न नसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

 कोभिडका कारण निर्माण समयमा पूरा गर्न नसकिएको बताउने निर्माण पक्ष र हाम्रो सरकारी संयन्त्र पछिल्ला २ वर्ष पनि उही कारण देखाउने अवस्थामा छ ।

यस विषयमा बुझ्न सभामुख घिमिरेले आज बिहान ११ बजे सिंहदरवारमा उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव, भवनका महानिर्देशक र संसद भवन निर्माण आयोजना प्रमुखसहितका उच्च अधिकारीलाई बोलाएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ९ : ४२ बजे

एक खेलअघि नै अस्ट्रेलियाले जित्यो भारतविरुद्धको एकदिवसीय सिरिज

एडिलेड – अस्ट्रेलियाले भारतसँगको एकदिवसीय क्रिकेट श्रृंखला एक खेल अघि

कञ्चनपुरमा जुवातास खेलिरहेका १२ जना पक्राउ

कञ्चनपुर – दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज

पाकिस्तानमाथि दक्षिण अफ्रिकाको शानदार जित, टेस्ट सिरिज १-१ को बराबरीमा

काठमाडौं – दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको दोस्रो टेस्ट म्याचमा शानदार जित

ल्हेन्दे खोलाको मितेरी पुल पुनर्निर्माण अन्तिम चरणमा

रसुवा- नेपाल–चीनबीचको सीमा क्षेत्र ल्हेन्दे खोलामा निर्माणाधीन मितेरी पुल(बेलिब्रिज) पुनःनिर्माण

सोलुखुम्बुमा बोलेरो जीप दुर्घटना, तीन महिलाको मृत्यु

सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–३ वाकुमा बिहीबार एक बोलेरो जीप