गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा « Khabarhub

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।

घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने र अस्पतालमा सुरक्षितरूपमा सुत्केरी गराउन अभिप्रेरित गर्ने उद्देश्यले गत आर्थिक वर्ष २०८०/८१ को देखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालिएको हो ।

गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले घरमै सुत्केरी हुने दरलाई शून्यमा झार्न एम्बुलेन्स सेवा उपलब्ध गराउन गालिएको बताए ।

‘गाउँपालिकावासी सबै गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइरहेका छौँ । यसले गर्भवती महिला तथा सुत्केरी भइसकेपछि आमा र शिशुको स्वास्थ्यका बारेमा रेखदेख र आवश्यक परामर्श दिन पनि सहज भएको छ’, उनले भने ।

गत आर्थिक वर्षबाट सेवा उपलब्ध गराउने कार्यविधि बनाएर कार्यान्वयनमा लगिएको अध्यक्ष थापाले जानकारी दिए । यहाँ रहेका बर्थिङ सेन्टर तथा गाउँपालिकाद्वारा सञ्चालित कालीगण्डकी अस्पताल मिर्मीमा गर्भवती तथा सुत्केरी महिलालाई आउन जान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको हो ।

वडा नं ७ मिर्मीमा रहेको अस्पताल, वडा नं १ मा रहेको चण्डीभञ्ज्याङ बर्थिङ सेन्टर, वडा नं २ को आलमदेवी बर्थिङ सेन्टर र वडा नं ४ को विर्घा बर्थिङ सेन्टरगरी चार ठाउँमा आउन जान सेवा उपलब्ध गराइएको स्वास्थ्य शाखा प्रमुख एकबहादुर थापाले बताए । पालिकासँग चार वटा एम्बुलेन्स रहेका छन् । ‘गत आवको अन्तिममा भए पनि कार्यविधि बनाएर निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेका छौँ, हालसम्म नौ जनाले सेवा लिनुभएको छ । यसको प्रचारप्रसार र सेवाका बारेमा टोल टोलमा जानकारी दिएर अझै प्रभावकारी ढङ्गले अगाडि बढाउने योजनामा छौँ’, स्वास्थ्य शाखा प्रमुख थापाले भने ।

कालीगण्डकी पालिकावासीलाई एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बीमासमेत सञ्चालनमा छ । यहाँ सञ्चालित कालीगण्डकी अस्पतालका सेवामा पनि गाउँपालिकावासी निकै सहुलियत दिइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  १ : ४८ बजे

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो

विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू

काठमाडौं– औषधि व्यवस्था विभागले प्रेगाबालिन डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग

उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज

विश्वकप सुरु हुनै लाग्दा पसलमा जर्सी किन्नेको घुइँचो (तस्बिरहरू)

काठमाडौं– फुटबलको महाकुम्भ फिफा वर्ल्डकप २०२६ आज जुन ११ देखि