भेटिइनन् त्रिशूलीमा बेपत्ता सृष्टि, कुशको शव बनाएर अन्तिम संस्कार « Khabarhub

भेटिइनन् त्रिशूलीमा बेपत्ता सृष्टि, कुशको शव बनाएर अन्तिम संस्कार


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39.1k
Shares
  • change font
  • change font
  • change font

बारा- गत शुक्रबार बिहान चितवनको भरतपुर महागनरपालिका-२९ सिमलतालमा लेदोसहितको पहिरोले त्रिशूलीमा बस खस्दा बेपत्ता एक यात्रुको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।

त्रिशूलीमा बससँगै खसेको ८ दिन बितिसक्दा पनि अत्तोपत्तो नभएपछि बाराको कलैया उपमहानगरपालिका-१४ निवासी सृष्टि यादवको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको हो ।

घटनाको आठ दिन हुँदा पनि त्रिशूलीमा खसेकी सृष्टिको अवस्था पत्ता नलागेपछि अभिभावकले कुशको शव बनाएर हिन्दू परम्पराअनुसार उनको अन्तिम संस्कार गरेका हुन्

हिन्दू धार्मिक विधिअनुसार उनका परिवारले सृष्टिलाई सदाका लागि शुक्रबार बिदाइ गरेका छन् ।

त्रिशूलीमा बेपत्ता सृष्टि पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित स्वास्थ्य चौकीमा रेडियोग्राफर थिइन् । उनी लोकसेवाको परीक्षा दिन काठमाडौं जाँदे गर्दा दुर्घटनामा परिन् ।

सृष्टि सवार बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एञ्जल र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बस त्रिशूलीमा खसेका थिए ।

असार २८ गते बिहान ३ बजेको समयमा सिमतालमा पहिरोसँगै त्रिशूलीमा खसेका बसको अझै अत्तोपत्तो छैन । तर ती बसमा सवार २४ यात्रुको शव नारायणी नदीमा भेटिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ५ : १५ बजे

नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा

चौतारा– यहाँको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५ वर्षको भए

सुकुम्बासी बस्ती हटाइएको क्षेत्रमा कस्ता संरचना बनाउने तयारीमा छन् बालेन ?

काठमाडौं- सरकारले शनिबारदेखि जोखिमपूर्ण क्षेत्रमा बस्दै आएका सुकुम्बासी वस्ती हटाइरहेको

ओखलढुंगाका हेडसर अझै माग्दैछन् माफी, भने : मेरो कारण सांसदज्यूको मान मदर्न हुन गयो

ओखलढुंगा-जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका

खाताबाट २० हजार झिक्न नदिएपछि बहिनीको कंकाल नै बोकेर बैंकमा पुगे वृद्ध

ओडिशा (भारत) – ओडिशा राज्यको क्योन्झर जिल्लामा सोमबार अचम्म लाग्दो

सरकारविरुद्ध सडकमा विद्यार्थी, देशभरका क्याम्पसमा विरोध चर्काउने तयारी

कीर्तिपुर– विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनहरूले