‘बेहुली फ्रम मेघौली’ को गीत ‘उडायो मन’ मा नेपाली र थारु भाषाको मिश्रण « Khabarhub

‘बेहुली फ्रम मेघौली’ को गीत ‘उडायो मन’ मा नेपाली र थारु भाषाको मिश्रण


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘बेहुली फ्रम मेघौली’ को नयाँ गीत ‘उडायो मन’ सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार युटुबमार्फत गीत सार्वजनिक गरेको हो ।

यो गीत जयन जे वाइवाले तयार पारेका हुन् । गीतको सङ्गीतसँगै शब्द र ऐरेन्ज पनि वाइवाकै छ भने इन्द्रकला राईले स्वर दिएकी छन् ।

गीतमा नेपाली र थारु भाषाको मिश्रण छ । सो गीतका मूल सर्जक केशवराज महतो हुन् । थारु शब्दको पुनर्लेखन अशोक थनेतले गरेका हुन् ।

गीतको भिडियोमा सिनेमाकी शीर्ष अभिनेत्री स्वस्तिमा खड्काले मुख्य स्थान पाएकी छन् । सो गीतमा सिमरन खड्का तथा निश्चल बस्नेत फिचर्ड छन् । गीतको कोरियोग्राफी शेखर घर्ती मगरले गरेका हुन् ।

असोज १७ गते घटस्थापनाका दिन प्रदर्शनमा आउने यस फिल्ममा निश्चल, स्वस्तिमा, सिमरनसहित बसुन्धरा भुषाल, विजय बराल, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्टलगायतको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरूको डेव्यू निर्देशन हो । अभिनेता विजय बराल कास्टिङ निर्देशक हुन् ।

यही फिल्ममार्फत स्वस्तिमाले निर्माणमा हात हलेकी छन् । स्वस्तिमा र निश्चलको जोडीको यस फिल्ममा लगानी रहेको छ । फिरोज खड्का र शंकर पाण्डे कार्यकारी निर्माता हुन् ।

हेर्नुहोस् गीत :

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ६ : २५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र