अवैधरुपमा ओसारपसार गर्न लागिएका गोरुसहित ट्रक चालक पक्राउ « Khabarhub

अवैधरुपमा ओसारपसार गर्न लागिएका गोरुसहित ट्रक चालक पक्राउ


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–११, थानाभर्‍याङबाट आज दिउँसो अवैधरुपमा ओसारपसार गर्न लागिएका १८ वटा गोरुसहित ट्रक नियन्त्रणमा लिएको छ ।

दिउँसो १२ बजेको समयमा स्थानीय भान्जा वर्कशपभित्र राखेको अवस्थामा १८ वटा गोरु र ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना७ख ६६६८ नंको ट्रकमा गोरु ‘लोड’ गरी आउँदै गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गोरु र ट्रकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले ट्रकचालक मनहरी गाउँपालिका–५, वसन्तपुर बस्ने ३० वर्षीय अनिल बयलकोटीलाई नियन्त्रणमा लिएर गोरु, ट्रक र ट्रकचालकलाई आवश्यक अनुसन्धानका लागि पशु क्वारेन्टिन कार्यालय पथलैया पठाएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ९ : ३७ बजे

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख