अवैधरुपमा ओसारपसार गर्न लागिएका गोरुसहित ट्रक चालक पक्राउ « Khabarhub

अवैधरुपमा ओसारपसार गर्न लागिएका गोरुसहित ट्रक चालक पक्राउ


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–११, थानाभर्‍याङबाट आज दिउँसो अवैधरुपमा ओसारपसार गर्न लागिएका १८ वटा गोरुसहित ट्रक नियन्त्रणमा लिएको छ ।

दिउँसो १२ बजेको समयमा स्थानीय भान्जा वर्कशपभित्र राखेको अवस्थामा १८ वटा गोरु र ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना७ख ६६६८ नंको ट्रकमा गोरु ‘लोड’ गरी आउँदै गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गोरु र ट्रकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले ट्रकचालक मनहरी गाउँपालिका–५, वसन्तपुर बस्ने ३० वर्षीय अनिल बयलकोटीलाई नियन्त्रणमा लिएर गोरु, ट्रक र ट्रकचालकलाई आवश्यक अनुसन्धानका लागि पशु क्वारेन्टिन कार्यालय पथलैया पठाएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ९ : ३७ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान