मध्य गाजामा इजराइली हवाई आक्रमण, १३ प्यालेस्टिनीको मृत्यु « Khabarhub

मध्य गाजामा इजराइली हवाई आक्रमण, १३ प्यालेस्टिनीको मृत्यु


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गाजा – मध्य गाजा पट्टीको नुसेरत शरणार्थी शिविरमा रहेको इजराइली बमबारीमा कम्तीमा १३ प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका प्यालेस्टिनी स्रोतहरूले जानकारी दिएका छन् ।

इजराइली बमबारीले दुई घर ध्वस्त भएको र वरपरका घरहरूमा ठूलो क्षति पुगेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

बम विष्फोटमा महिला र बालबालिकासहित १३ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन् । घटनाबारे इजराइली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

इजराइलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजराइली सिमानामा हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेको थियो ।

हमासको आक्रमणमा लगभग एक हजार दुई सय मानिस मारिएका र दुई सय ५० जनालाई बन्धक बनाइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ९ : ४७ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान